सातौँ म्याग्दी महोत्सव आजदेखि  सुरु « Khabarhub

सातौँ म्याग्दी महोत्सव आजदेखि  सुरु


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– बेनीमा आजदेखि सातौँ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला-२०७९ सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घको मूल आयोजनामा बेनीको खुल्ला मञ्चमा माघे सङ्क्रान्ति पर्वको अवसरमा आयोजित महोत्सव दश दिनसम्म सञ्चालन हुनेछ ।

 महोत्सव उद्घाटनको अवसरमा बेनी बजारमा विभिन्न जातजाति, समुदाय र सङ्घ संस्थाले झाँकीसहितको र्‍याली निकालेका छन् । स्थानीय उत्पादनको बजार प्रवर्द्धन, कला र संस्कृतिको संरक्षण, पर्यटन, कृषि, जलविद्युत्, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरी लगानी भित्र्याउने र व्यापारिक ज्ञान सीप, पुँजी र प्रविधि भित्र्याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव अमित बानियाँले बताए । 

धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकीयस्थलको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनमा मद्दत गर्नुका साथै रोजगारीको सिर्जना गर्दै अर्थोपार्जनमा सघाउन पुर्‍याउने, खेलकुद र शिक्षा क्षेत्रको बारेमा जागृत गर्ने, प्रतिभाको पहिचानका लागि अवसर सिर्जना गर्न महोत्सवले सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

महोत्सवको अवसरमा पालिकास्तरीय महिला-पुरुष भलिबल, लोकदोहोरी, चेम्बर लोकतारा, पुरुष बाँस्केटबल, लठो तान्ने, रत्यौली, छेलो फाल्ने, अन्धनिशान प्रतियोगिता आयोजना गरिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

स्थानीय उत्पादन र राष्ट्रिय अन्तर्राष्ट्रिय औद्योगिक प्रर्दशनीका साथै कलाकारबाट गीत तथा नृत्य प्रस्तुति, बाल उद्यान, मिनी चिडियाघर आकर्षणका रुपमा रहेका छन् । हेलिकोप्टरबाट धौलागिरि आधार शिविर लगायत पर्यटकीय स्थलको अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । कालीगण्डकीमा र्‍याफ्टिङ र बेनी देखि लभ्लिहिलसम्म घोडा सफारी पनि महोत्सवमा आकर्षणका रुपमा रहनेछन् । 

महोत्सवमा डेढ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने र करिब दश करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । महोत्सव स्थलमा २६० वटा स्टल छन् । कृषि ज्ञान केन्द्रले कृषि मेला प्रदर्शनीको आयोजना गरेको छ । माघे संक्रान्ति पर्वको अवसरमा बेनीमा परम्परागत रुपमा मेला लाग्ने चलन थियो ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  ४ : २५ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,