कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ | Khabarhub Khabarhub

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

लमजुङ– जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको विशेष टोलीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका प्रतिवादीलाई ६ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले राईनास नगरपालिका ९ बस्ने वर्ष ४२ का बेलराम गुरुङलाई पक्राउ गरेको हो । 

०७४ मंसिर ११ गते राति साढे ९ बजेको समयमा  लमजुङ राईनास नगरपालिका ९ कुडुले बस्ने वर्ष ५४ को हितमान श्रेष्ठलाई चिरपाट  टाउकोमा प्रहार गरी कर्तव्य गरी मारी निज घटनापश्चात फरार रहेका थिए ।

 घटनालगत्तै फरार रहेका प्रतिवादी चितवन जिल्लातर्फ लुकिछिपी बसेको हुन् सक्ने विशेष रुपमा सूचना संकलन गरी जिल्ला प्रहरी कार्यालय, लमजुङबाट खटिएको विशेष अनुसन्धान प्रहरी टोलीले निज प्रतिवादी बेलराम गुरुङलाई जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १६ विजयनगरस्थित लुकिछिपी बसेको अवस्थामा  बुधबार पक्राउ गरेको हो । 

प्रतिवादी चितवन बस्दाको समयमा निजले आफ्नो नाम र ठेगाना समेत परिवर्तन गरि बसेका थिए । पक्राउ परेका  प्रतिवादीलाई लमजुङ जिल्ला अदालतबाट पहिलो पटक पाँच  दिनको म्याद थप अनुमति लिई निज उपर कर्तव्य ज्यान सम्बन्धी मुद्दामा थप अनुसन्धान कार्य भइरहेको छ । 

मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी कसुरअन्तर्गत कर्तव्य गरी मानिस मार्ने व्यक्तिलाई जन्मकैदको सजाय हुने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  ४ : ५५ बजे

हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु पूर्णिमाको  शुभकामना व्यक्त गर्दै

चारआना, चारपाङ्ग्रे र चाकरीको चकचकी

आँगनमा चारो टिप्दै गरेको कुखुरा हेरेर टोलाइरहेको एउटा मनोरोगी गम्न

बाढीले रसुवाको टिमुरे भन्सार क्षेत्र ध्वस्त (तस्बिरहरू)

काठमाडौं– मंगलबार बिहान रसुवामा एक्कासी आएको बाढीले ठूलो जनधनको क्षति

इन्धन अभावले गाजाका अस्पतालमा समस्या : एम्बुलेन्स चल्नसमेत कठिन

गाजा – गाजामा इन्धन अभावका कारण अस्पतालमा समस्या हुन थालेको

कार्टुन एनिमेसन बनाउन सम्झौता

काठमाडौं – कार्टुन एनिमेसनलाई प्रयोग गर्दै पुतली बनाउने विषयमा ओम