कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ « Khabarhub

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

लमजुङ– जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको विशेष टोलीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका प्रतिवादीलाई ६ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले राईनास नगरपालिका ९ बस्ने वर्ष ४२ का बेलराम गुरुङलाई पक्राउ गरेको हो । 

०७४ मंसिर ११ गते राति साढे ९ बजेको समयमा  लमजुङ राईनास नगरपालिका ९ कुडुले बस्ने वर्ष ५४ को हितमान श्रेष्ठलाई चिरपाट  टाउकोमा प्रहार गरी कर्तव्य गरी मारी निज घटनापश्चात फरार रहेका थिए ।

 घटनालगत्तै फरार रहेका प्रतिवादी चितवन जिल्लातर्फ लुकिछिपी बसेको हुन् सक्ने विशेष रुपमा सूचना संकलन गरी जिल्ला प्रहरी कार्यालय, लमजुङबाट खटिएको विशेष अनुसन्धान प्रहरी टोलीले निज प्रतिवादी बेलराम गुरुङलाई जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १६ विजयनगरस्थित लुकिछिपी बसेको अवस्थामा  बुधबार पक्राउ गरेको हो । 

प्रतिवादी चितवन बस्दाको समयमा निजले आफ्नो नाम र ठेगाना समेत परिवर्तन गरि बसेका थिए । पक्राउ परेका  प्रतिवादीलाई लमजुङ जिल्ला अदालतबाट पहिलो पटक पाँच  दिनको म्याद थप अनुमति लिई निज उपर कर्तव्य ज्यान सम्बन्धी मुद्दामा थप अनुसन्धान कार्य भइरहेको छ । 

मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी कसुरअन्तर्गत कर्तव्य गरी मानिस मार्ने व्यक्तिलाई जन्मकैदको सजाय हुने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  ४ : ५५ बजे

विश्वकपमा विवादित बनेको ‘हाइड्रेशन ब्रेक’ हटाउने तयारीमा फिफा

न्युयोर्क – विश्वकप फुटबलमा पहिलो पटक प्रयोगमा ल्याइएको ‘हाइड्रेशन ब्रेक’

विश्वकप फाइनल: नेतान्याहुले गरे अर्जेन्टिनालाई समर्थन

जेरुसेलम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले फिफा विश्वकपको फाइनल खेलमा

विश्वकप फाइनल: अर्जेन्टिनालाई हराउन ल्याटिन अमेरिकी देश एकजुट, स्पेनलाई समर्थन

काठमाडौँ – फिफा विश्वकपको फाइनल खेल नजिकिँदै गर्दा ल्याटिन अमेरिकी

शुक्लाफाँटामा रास्वपाको ‘जनसंवाद यात्रा’

महेन्द्रनगर– नागरिकका समस्या, विकास निर्माण र गुनासा सुन्न राष्ट्रिय स्वतन्त्र

आँखा अस्पतालमा बिरामी बढे

जनकपुरधाम– तापक्रम वृद्धिभएसँगै जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा बिरामीको सङ्ख्या बढेको