परराष्ट्र नीति, २०७७ पूर्णरूपमा कार्यान्वयन गरिनुपर्नेमा जोड  « Khabarhub

परराष्ट्र नीति, २०७७ पूर्णरूपमा कार्यान्वयन गरिनुपर्नेमा जोड 


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले परराष्ट्र नीति, २०७७ पूर्णरूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । समितिले आज सिंहदरबारमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेललाई बैठकमा डाकेर नीति पूर्णरूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको हो ।

बैठकमा समिति सभापति दिलकुमारी रावल थापा (पार्वती) ले नीति कार्यान्वयनमा आएका अवरोध नहुन् भनी मन्त्रालयसँग छलफल गरिएको जानकारी दिए। बैठकमा सांसदहरू जगतबहादुर कार्की, दीपा गुरुङ, जयन्तीदेवी राई, शेखरकुमार सिंह, रामचन्द्र राई, गोपीबहादुर सार्की आछामी, सोनाम गेल्जेन शेर्पालगायतले व्यापार कूटनीति कमजोर रहेको, पहाडी जिल्लामा इलाका प्रशासन कार्यालयबाटै राहदानी दिने व्यवस्था गर्नुपर्ने, भारतले आफ्नो लगानीको विद्युत् मात्र किन्ने समस्या समाधान गर्नुपर्ने, म्यानमारको सैनिक सरकारलाई राष्ट्रपति शुभकामना नपठाई त्यहाँको सरकारी पत्रिकामा छापिएकोलगायत विषयका बारेमा प्रष्ट पारिनुपर्ने बताएका थिए ।

बैठकमा मन्त्रालयका सचिव पौडेलले स्वदेशमा ९४ स्थान र विदेशमा ३८ स्थानबाट राहदानी वितरण एवं नवीकरणका काम भइरहेको जानकारी दिए। उनले म्यानमारको सरकारी पत्रिकामा राष्ट्रपतिको शुभकामना छापिएका विषयमा बुझ्ने काम भइरहेको जानकारी दिए । नेपालको अलैँची, चिया र कफीको विदेशमा पनि बजार रहेकाले त्यसलाई प्रवर्द्धन गरिनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  ६ : ११ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको