संविधानअनुसार बन्न बाँकी कानूनको अध्ययन गरिने « Khabarhub

संविधानअनुसार बन्न बाँकी कानूनको अध्ययन गरिने


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले संविधानअनुसार बन्नुपर्ने कानून सबै बनिसकेको वा नसकेको विषयमा अध्ययन गर्ने भएको छ । समितिका सभापति डा बेदुराम भुसालको सभापतित्वमा आज बसेको बैठकले संविधानअनुसार बन्न बाँकी कानूनको पहिचान गर्न सांसद विमला राई पौडेलको संयोजकत्वमा उपसमिति बनाउने निर्णय गरेको छ ।

समितिका सदस्यहरूमा उदयबहादुर बोहरा, नारायणदत्त मिश्र, भैरवकुमार श्रेष्ठ र सुरेशकुमार आलेमगर रहेका छन् । बैठकले समितिको निर्देशन कार्यान्वयनको अवस्था अध्ययन अनुगमनसम्बन्धी सांसद देवेन्द्र दाहालको संयोजकत्वमा उपसमिति बनाएको छ ।

उक्त उपसमितिमा अनिता देवकोटा, खिमलाल देवकाटा, गङ्गाकुमारी बेल्वासे र प्रमिला कुमारी सदस्य रहेका छन् । बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि सुझाव लिने कामसमेत गरिएको समितिका सचिव मनोजकुमार गिरीले जानकारी दिए ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  ७ : ४४ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।