सैनिक विशेष अदालतका पूर्वपदाधिकारी सम्मानित | Khabarhub Khabarhub

सैनिक विशेष अदालतका पूर्वपदाधिकारी सम्मानित


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की र प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना ‘प्राड विवाक जर्नल २०७९’ को संयुक्तरूपमा विमोचन गरेका छन् ।

प्राड विवाकको ६०औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक मुख्यालयमा आयोजित कार्यक्रमा उनीहरूले सैनिक विशेष अदालतका पूर्वअध्यक्ष, सदस्य र प्राड विवाकका अवकासप्राप्त रथीवृन्दलाई सम्मान गरे । कानून र सैनिक न्याय प्रणालीका विविध पक्ष समेटिएको उक्त जर्नलमा सैनिक व्यक्ति संलग्न मुद्दामा सर्वोच्च अदालतबाट भएका अन्तिम फैसला, सैनिक विशेष अदालतबाट फैसला तथा सुरु सैनिक अदालतबाट भएका केही महत्त्वपूर्ण निर्णय समावेश छन् ।

यसअघि न्याय निरुपण तथा फैसला लेखन, साइबर अपराधसम्बन्धी पछिल्ला गतिविधि तथा वैज्ञानिक अनुसन्धान विधि, सार्वजनिक खरिद एवं सूचना प्रविधिका विविध पक्षसँग सम्बन्धित रही प्राड विवाकद्वारा आयोजित तीन दिने गोष्ठीको प्रधानसेनापति शर्माले समापन गरे ।

गोष्ठीबाट नेपाली सेनालाई आवश्यक पर्ने ऐन, नियम, कार्यविधि तथा निर्देशिकाको मस्यौदा गर्ने तथा सोको कार्यान्वयनका लागि विभिन्न तहका सैनिक निकायलाई कानूनी राय सुझाव, सैनिक कसुरको अनुसन्धान तहकिकात तथा अभियोजन गर्न तथा सैनिक अदालतमा खटिई सैनिक न्याय सम्पादनमा सहयोग पुग्ने सेनाले अपेक्षा गरेको छ ।

सो अवसरमा प्रधानसेनापति शर्माले सेनासँग जोडिएका द्वन्द्वकालका घटनामा संस्थागत हित र सङ्क्रमणकालीन न्यायसम्बन्धी स्थापित मूल्य, मान्यतालाई मध्यनजर राखी तार्किक टुङ्गोमा पु¥याउने कार्यमा प्राड विवाकबाट प्रभावकारी भूमिकाको अपेक्षा गरिएको बताए

उनले भने, “कानूनको गलत व्याख्या गरी सैनिक व्यक्तिलाई संस्था तथा नेतृत्व विरुद्ध उक्साउने कार्य कदापि मान्य हुने छैन । यसो गरेमा सैनिक ऐनको पालना गराउने विरुद्ध नै सैनिक ऐनको प्रयोग गर्न संस्था बाध्य हुनेछ ।”

प्राड विवाकका प्रमुख रत्नप्रकाश थापाले सेना अनुशासित, मर्यादित, राष्ट्र सेवामा समर्पित देशको प्रमुख पहरेदार र भरोसाको केन्द्रका रूपमा रहेको बताए । उनले भने “सैनिक सङ्गठनको मेरुदण्ड भनेकै अनुशासन हो । सैनिक सङ्गठनभित्र हुन सक्ने गैरकानूनी तथा अनुशासनहीन क्रियाकलापलाई नियन्त्रण गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ, त्यसका लागि सैनिक सङ्गठनले निश्चित न्यायिक प्रणाली अवलम्बन गरेका हुन्छन ।”

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  ९ : ५९ बजे

निजामती विधेयक छिट्टै पारित हुन्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घीय निजामती सेवासम्बन्धी

पातपतिङ्गरबाट जैविक मल उत्पादन

गण्डकी– प्राकृतिक स्रोतको उचित उपयोग गर्ने हो भने  स्वदेशमै अवसर

मध्यपुरथिमिमा आज जिब्रो छेड्ने जात्रा, नगर परिक्रमा गरिँदै

भक्तपुर– आश्विन शुक्ल पूर्णिमाका अवसरमा आइतबार साँझ मध्यपुरथिमिमा ‘येंया पुन्ही

देउवालाई बालेन्द्रको कटाक्ष : फेसबुक कुन भीपीएनबाट चलाउँदै हुनुहुन्छ ? 

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार

भन्सार छलीका कपडा र मोटरसाइकलसहित युवक पक्राउ

सिरहा– भारतबाट अवैध रूपमा भन्सार छली गरेर ल्याइएको लत्ताकपडा र