न्यायका लागि आशावादी मिटरब्याजी पीडित « Khabarhub

न्यायका लागि आशावादी मिटरब्याजी पीडित


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मिटरब्याजी पीडितको समस्या उठान गर्ने व्यक्तिहरू नै सरकारको नेतृत्वमा पुगेपछि आफूहरूको मुद्दाको सम्बोधन हुने आशा पलाएको पीडितहरूले बताएका छन् ।

लामो समयदेखि न्याय नपाएपछि आज सर्लाहीको हरिवनमा भेला भएका मिटरब्याजी पीडितहरूले न्यायका लागि पुनः अगाडि बढ्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र) का नेताहरूले पीडितको मुद्दा सम्बोधनका लागि विगतदेखि पहल गर्दै आएका छन् । सञ्चारकर्मी हुँदा बहालवाला गृहमन्त्री रवि लामिछानेले जोडदार रूपमा आवाज उठाएका थिए। विगतमा मुद्दा उठान गर्ने व्यक्तिहरू माग सम्बोधन गर्ने ठाउँमा पुगेकाले आफूहरूले न्याय पाउनेमा विश्वस्त रहेको पीडित रुकमिनी देवी चौधरीले बताए ।

अदालतबाट न्याय पाउनेमा आफूहरू सशंकित रहेको पीडित चौधरीले बताउनुभयो । पीडक बलियो रहेकाले उनीहरूले न्यायालयलाई प्रभावित पारेको चौधरीको आरोप छ । पीडितहरूको आजको भेलाले न्यायका लागि एकताबद्ध रूपमा अगाडि बढ्ने निर्णय गरेको छ । न्यायका लागि अगाडि बढ्न मिटरब्याजी तथा ठगी विरुद्ध जिल्लास्तरीय सङ्घर्ष समितिलाई पुनर्गठन गरेको छ ।

सरस्वती मिश्र वाग्लेको नेतृत्वमा पुनः सङ्घर्ष समिति बनाइएको हो । माओवादी केन्द्रका नेता एवं हरिवन नगरपालिकाका नगरप्रमुख कमल बुथाढोकी भेलामा सहभागी भएका थिए । बुढाथोकीले पीडितको न्यायका लागि वितगदेखि नेतृत्वदायी भूमिका निभाउँदै आएका छन् । भेलामा सर्लाही र महोत्तरी जिल्लाका मिटरब्याजी पीडितहरू सहभागी थिए ।

सर्लाहीमा तीन मिटरब्याजी श्याम परदेशी, रामबाबु यादव र सञ्जय साह रौनियारले धेरै व्यक्तिलाई ठगी गरी उठीवास लगाएपछि न्यायका लागि उनीहरू सङ्घर्षमा उत्रेका हुन् । श्याम परदेशी भन्ने श्यामकृष्ण साह जिल्ला अदालत सर्लाहीको आदेशामा पुर्पक्षका लागि अहिले कारागारमा रहेका छन् । रामबाबु यादव फरार छन् । सञ्जय साह रौनियार भने धरौटीमा छुटेका छन् ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  १० : ४२ बजे

यी १० अविस्मरणीय क्षण : जसले बनायो लियोनल मेस्सीलाई महान् फुटबलर

काठमाडाैँ– दुई दशकभन्दा बढी समय अर्जेन्टिनाको जर्सी लगाएर खेलेका लियोनल

हेटौँडा-काठमाडौँ सडकमा एकतर्फी यातायात, साना र ठूला सवारीलाई फरक रुट

हेटौँडा– हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको सडकमा सवारीसाधनको चाप अत्यधिक बढेपछि

भोटेकोशी बाढीः ९३९ जनाको शव फेला, तीन हजार ९२५ अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर