अस्पताल बन्द गर्ने निर्णय फिर्ता लिन मन्त्रालयको आग्रह « Khabarhub

अस्पताल बन्द गर्ने निर्णय फिर्ता लिन मन्त्रालयको आग्रह


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय फिर्ता लिन नेपाल चिकित्सक संघलाई आग्रह गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा शुक्रबार चिकित्सकमाथि प्रहरीले लाठी चार्ज गरेको विरोधमा संघले आज देशभरका स्वास्थ्य सेवा प्रदायक संस्थाहरु बन्दको आह्वान गरेको हो।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले शनिबार राति विज्ञप्ती जारी गर्दै अस्पताल बन्द गर्ने निर्णयबाट पछि हट्न नेपाल चिकित्सक संघसँग आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सङ्घलाई अस्पताल बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको छ ।

राष्ट्रिय ट्रमा सेन्टरका डाक्टर जनिथलाल सिंहलाई ड्युटी सकेर घर जानेक्रममा लाठी चार्ज गर्ने प्रहरीलाई निलम्बन गरिसकिएको छ।

 

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ७ : ५८ बजे

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौँ– तातोपानी नाका तीन खुल्ने भएको छ । यही कात्तिक

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा