ओमानमा समस्यामा परेका नेपालीले राजदूतलाई फोन गर्न सक्ने  « Khabarhub

ओमानमा समस्यामा परेका नेपालीले राजदूतलाई फोन गर्न सक्ने 



दोहा – ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले सबै नेपाली देशको प्रतिनिधि भएको र सबैको बोली, व्यवहार, इमानदारिता, काम तथा चालचलनले समष्टिगत रूपमा नेपाललाई प्रतिबिम्बित गर्ने हुनाले विशेष ध्यान दिन त्यहाँ कार्यरत नेपालीलाई अनुरोध गरेका छन्।

नेपाली दूतावासले आयोजना गरेको श्रमिक सचेतना सम्बन्धी एक कार्यक्रममा राजदूत अर्यालले नेपाली श्रमिक उद्दार, मानवतस्कारी सम्बन्धी विषय लगायतका अत्यावश्यक कामका लागि सातै दिन चौबीसै घण्टा उठ्ने गरी चार वटा मोबाइल फोन दूतावासको वेबसाइटमा सार्वजनिक गरिएको जानकारी पनि दिए।

फोन उठेन भन्ने गुनासो आएपछि प्रवक्ता तोकेर मोबाइल फोन सार्वजनिक गरिएको भन्दै उनले यसो गर्दा पनि कुनै फोन लागेन, कुनै गुनासो छ वा राजदूतलाई नै खबर गर्नु पर्ने गम्भीर विषय भएमा वेबसाइटमा राजदूतको मोबाइल नम्बर पनि सार्वजनिक गरिएको बताए।

कार्यक्रममा विशेष गरी ओमानमा गर्न हुने र नहुने कुराहरू, ओमानको श्रम कानुनको मूलभूत पक्षहरू, श्रम स्वीकृत लिएर विदेशमा काम गर्ने कामदारहरूले आरक्षित शेयरमा लगानी गर्ने तरिका, औपचारिक तथा बैंकिङ माध्यमबाट नेपालमा रकम पठाउने तरिका, मानव तस्करीबाट बच्ने तथा पीडितहरूले उजुरी तथा कानुनी कारबाही गर्ने तरिका बारे छलफल भएको दूतावासले जनाएको छ।

नेपाल तथा ओमानमा सामाजिक सुरक्षामा आबद्ध हुने तरिका, सामाजिक सञ्जालको प्रयोग र ओमानमा यस सम्बन्धी कानुनी व्यवस्था, राहदानी तथा कन्सुलर सेवा सम्बन्धी विषयहरू लगायतमा प्रस्तुतीकरण गरिएको थियो। दूतावासका प्रथम सचिव सोमेश थापा र श्रम सहचारी गोविन्द प्रसाद आचार्यले संयुक्तरुपमा प्रस्तुतीकरण गरेका हुन्।

खुलारुपमा आमन्त्रण गरिएको उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष डीबी छेत्री, सोसल क्लब ओमानका अध्यक्ष विकल झा लगायत ओमानमा रहेका सबै नेपाली संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, नेपाली बैंकिङ तथा वित्तीय क्षेत्रका ओमान प्रतिनिधिहरूको पनि उपस्थिति थियो।

कार्यक्रमको अन्त्यमा नेपाली पञ्चेबाजा समूह ओमानका कलाकारले पञ्चेबाजा बजाएर मनोरञ्जन दिलाएका थिए। कार्यक्रममा १४० भन्दा बढी नेपाली श्रमिकको उपस्थिति थियो।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ८ : १७ बजे

एनसेल एपमा ‘शेक एन्ड विन’, ग्राहकलाई सर्प्राइज उपहारहरू 

काठमाडौं– एनसेलले एनसेल एपमा आकर्षक ‘शेक एन्ड विन’ अफर सञ्चालनमा ल्याएको छ

विश्वकप फाइनलमा गुरू-शिष्य आमनेसामने, डे ला फुएन्तेसँग फुटबल प्रशिक्षण पढेका थिए स्कालोनीले

काठमाडौं- फिफा विश्वकपको फाइनलमा नेपाली समयअनुसार सोमबार बिहान स्पेन र

हरित बैकिङ्ग पद्धति प्रवर्द्धनका लागि कुमारी बैंक र मिनर्जी इन्निसियटिभ्स्बीच रणनीतिक साझेदारी

काठमाडौं– कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ्ग अभ्यास प्रवर्द्धनका लागि मिनर्जी

युगान्डामा स्कुल बस दुर्घटना, २१ जनाको मृत्यु

कम्पाला– पूर्वी युगान्डामा स्कुल बस दुर्घटना हुँदा २० जना स्कुले

दुर्गेशको गीत ‘ताराबाजी लै लै’लाई प्रतिबन्ध लगाउन सरकारकहाँ निवेदन

काठमाडौं- गायक तथा कलाकार दुर्गेश थापाको आगामी चलचित्र ‘मास्टर्नी’ मा