जेल भित्रबाट चलाइएको अपराधको डरलाग्दो सञ्जाल | Khabarhub Khabarhub

जेल भित्रबाट चलाइएको अपराधको डरलाग्दो सञ्जाल

चार जापानी नागरिक फिलिपिन्सबाट पक्राउ परेको कथा


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जापानी प्रहरीले फिलिपिन्समा रहेका आफ्ना चार नागरिकलाई गिरफ्तार गरेको छ। त्यसो त ती चारले फिलिपिन्समा पनि लामो समय जेल जीवन बिताएको अनुभव छ। जेलमै रहँदा पनि विभिन्न गिरोहसँग मिलेर आर्थिक घोटाला गरेकोमा उनीहरू गिरफ्तार भएका हुन्।

अधिकारीका अनुसार उनीहरूले बुढापाकालाई लक्षित गर्दै अर्बौँ येन कमाएमा थिए। लफि नाम भएका एक जनालाई त्यो ठगीको मास्टर माइन्ड मान्ने गरिएको छ। फिलिपिन्सका अधिकारीले गत साता यी नै मध्येका कियाकी योमुमुरा र तोसिया फुजितालाई हस्तान्तरण गरेको थियो।

बाँकी रहेका युवि वातानाबे र तोमोनोबु कोजीम बुधबार राती मात्र त्यहाँ पुगेका थिए। यस्ता घोटाला काण्डमा सन् २०१९ पछि फिलिपिन्समा धेरै जना गिरफ्तार भएका छन्। तीनै मध्येका यी चार पनि हुन्।

२०२१ को गृष्ममा अपराध सुरु गरे यता जापानी अधिकारीहरूले यिनीहरूको निगरानी गरी रहेका थिए। देश भरी भएका ५० भन्दा बढी अपराधमा यिनीहरूको संलग्नता थियो। यसैमध्ये जनवरीमा राजधानी टोकियोमा भएको एक महिलाको हत्या पनि एक हो। अधिकारीको प्रतिवेदनमा जनाइए अनुसार काम सुरु गर्दा उनीहरूले जेल जीवन बिताइ सकेका थिए।

तिनीहरूले मोबाइल फोन मार्फत जापानमा आफ्नो प्रभाव जमाउने गरेका थिए। यस क्रममा उनीहरूको आकर्षक पार्ट टाइम जागिरको विज्ञापन या प्रस्ताव गर्दै मानिसहरूलाई लोभ्याउने गरेका थिए। टेलिग्राम एप मार्फत उनीहरूको आफ्ना समूहको सदस्यलाई अपराधा गर्ने तरिकाहरू सिकाउने तथा अन्य विषयको जानकारी दिने काम गर्थे।

जेल भित्र रहेकाहरूले कसरी स्मार्ट फोन प्रयोग गरेर अर्को देशमा सम्पर्क गरेर डकैती र अपहरण जस्ता काम गर्नु साँच्चै आश्चर्य मानिएको छ।

यिनका सहयोगीहरूको चोरी गर्ने तरिका पनि अचम्मको थियो। त्यस समूहका सदस्यहरूले आफूहरू प्रहरी तथा जापानको वित्तीय सहयोगी निकायको सदस्य भएको भन्दै पीडितको नजिक पुग्ने गरेका थिए। यसै नाममा सम्बन्ध विकास गर्दै उनीहरूको लक्षित व्यक्तिको घरसम्म पुग्ने र एटिएम कार्ड चोरी गर्ने गरेका थिए।

यस समूहका मुख्य व्यक्तिले आफ्नो नाम लफी राखेका थिए। यसै नामबाट उनको टेलिग्राम एकाउन्ट चलेको थियो। उनको एकाउन्टको तस्बिर पनि मान्छे चिन्न नसकिने किसिमको थियो। जेलको श्रोतलाई उद्धृत गर्दै केही जापानी र फिलिफीनी सञ्चार माध्यमले वातनाबे नै लफी भएको जनाएका थिए। फिलिपिन्सका अधिकारी भने यसलाई पुष्टि गर्न असक्षम भइरहेका थिए।

उनीहरूकै फिलिपिन्सका साथीले फिलिपिन्समै मुद्दा दर्ता गरेका कारण वातानाबे र कोजिमाको डिपोर्ट केही ढिला भएको हो। मनिलाको अदालतले मुद्दालाई यसै साता खारेज गरे पछि उनीहरू त्यहाँबाट गएका हुन्।

जापानका कानुन मन्त्री जेसस क्रिमिस रेमुलाका अनुसार डिपोर्टको काममा विलम्ब गर्ने उद्देश्यका साथ यो मुद्दा दर्ता गरिएको थियो। आफ्नै सहकर्मीको मुद्दा अनुसार उनीहरूलाई ठगीको मुद्दा दर्ता गरिएको हो। फिलिपिन्सको कानुन अनुसार यसरी मुद्दा दर्ता भए पछि त्यस देश छाडेर जान मिल्दैन। यस कारण अदालतले मुद्दा खारेज पछि मात्र उनीहरूको घर फर्कने बाटो फिरेको हो।

“उनीहरूलाई अब बच्ने कुने सम्भावना नै छैन” रेमुलाले भने “घटनाक्रम एकबाट अर्को तर्फ मोडिइरहेको देखिएको छ।” फिलिपिन्सका अधिकारीहरूले शङ्कास्पद २४ मोबाइल फोन जफत गरेको छ। ती फोन यसै साता जापानमा पठाइएका छन्। ती सबै मोबाइल छानबिनका लागि सहयोगी हुने अपेक्षा गरिएको छ।

यस घटनाले फिलिपिन्सको सुरक्षा निकायको विविध क्षमता माथि प्रश्न उठाएको छ। जेल भित्र रहेकाहरूले कसरी स्मार्ट फोन प्रयोग गरेर अर्को देशमा सम्पर्क गरेर डकैती र अपहरण जस्ता काम गर्नु साँच्चै आश्चर्य मानिएको छ।

लफीमो केस भन्दा अगाडी पनि केही त्यस्ता आश्चर्य जनक घटना भएका थिए। जेल भित्र नै सेक्स डल र मेथाफेटाइन्स लगायत विषय त्यहाँ पठाइने गरिएको थियो। धेरै शक्तिशाली बन्दुक मात्र होइन जेल भित्र नै स्टुडियो झैँ खडा गरेर युट्युब भिडियो नै अपलोड हुने काम पनि भएका थिए। रेमुलाले जेलमा रहेका भ्रष्टाचारका कारण यी सबै भएकाले यसको छानबिन हुनु पर्नेमा जोड दिएका छन्।

फिलिपिन्सको नेसलन पोलिसिको रिपोर्ट अनुसार अगस्ट देखि ७ दशमलव ५८ प्रतिसतले अपराध दरमा नियन्त्रण आएको छ।

फिलिपिन्सका राष्ट्रपति फर्डीनान्ड मार्कोस जुनियरको जापान भएकै साता यो डिपोर्ट भएको हो। मार्कोसको जापानी प्रधानमन्त्री फुमियो कोसिदालाई भेट्ने कार्यक्रम छ। रेमुलाले अपराध नियन्त्रणको विषयमा आफ्नो देशको प्रतिबद्धता प्रस्ट गर्नका लागि छिमेकी देशलाई सहयोग गर्ने बताए।

यस अघि पनि फिलिपिन्समा एउटा आश्चर्य जनक घटना भएको थियो। जेलमा भिडन्त गरेका इस्लामिक स्टेटसँग आबद्धताको शङ्का रहेका तीन जनालाई प्रहरीले गोली प्रहार गरेर मारेको थियो। जेल भित्रको त्यसै भिडन्तमा एक पूर्व विपक्षी दलका सिनेटर घाइते समेत भएका थिए। त्यहाँको प्रहरी प्रमुख जनरल रुडोल्फो अजुरुन जुनियरका अनुसार पूर्व सिनेटर लेइला डा लिमा घाइते भएकाले अस्पताल लगिएका छिन्। राजधानी मनिलाको केन्द्रीय कारागारमा त्यो भिडन्त भएको जनाइएको छ।

यी तीन मध्यको एकले ब्रेकफास्ट गरी रहेका एक प्रहरीलाई छुरा प्रहार गरेर सिनेटरमाथि पनि आक्रमण गरिएको थियो। त्यस पछि प्रहरीले प्रहार गरेको गोलीबाट तत्कालै अन्य दुई बन्दीको ज्यान गएको थियो। त्यस पछि भागेका अर्का एक व्यक्तिलाई पनि प्रहरीले गोली हानेर मारेको हो। यसरी मारिने मध्य त्यहाँको बदनाम ग्याङ अबु ड्यागका कमान्डर सुसाकान पनि रहेको जनाइन्छ। झडपमा घाइते ती सिनेटर भने ठिक भई सकेकी छिन्।

विदेशी पर्यटक लगायत हजारौँलाई अपहरण गर्ने तथा मार्ने धन्दामा सुसाकान संलग्न रहेको आरोप लगाइएको थियो। दुई वर्ष अघि दभाओमा भएको आतङ्ककारी हमला पनि तीनै सुसाकानको योजनामा भएको जनाइन्छ। त्यहाँ मारिने अन्य दुई जना अर्नेन काबीन्टोय र फेलिसियानो सुलायो जुनियर हुन्।

जेलभित्रबाट नै आपराधिक सञ्जाल तयार गरेर जापानमा सङ्गठित अपराध र धन्दाको नेतृत्व गर्नु आफैमा आश्चर्यको विषय हो।

उनीहरू दुबै दुवालिया इस्लामियाको संलग्न रहेको आशङ्का प्रहरीको छ। देशको दक्षिणी भागमा भएका धेरै आतङ्ककारी गतिविधिमा इस्लामियको हात रहेको जनाइन्छ। उनीहरू दुवै जना सन् २०१९ मा राजधानी क्षेत्रको सबुरायन क्युजनमा गिरफ्तार भएका हुन्। उनीहरूलाई सुसाकनाको जस्तै आरोप लागेको छ। तथापि सबै प्रमाणित हुन बाँकी नै छ।

धेरै लडाकुहरू अबु सायपसँग पनि सम्बन्धित रहेका छन्। अबु सायफलाई फिलिपिन्स र अमेरिकाले आतङ्ककारीको सूचिमा राखेको छ। इस्लामियाले आफूलाई इस्लामिक स्टेटको एउटा शाखाको रूपमा व्याख्या गरेको छ। अर्को एक जना घाइते भने उपचार पछि ठिक भई सकेका छन्।

अपहरण, हत्या र डकैतीमा फिलिपिन्सको सुचांक त्यत्ति राम्रो भएन। तथापि सन् २०२२ को अन्त्यमा आइपुग्दा त्यहाँको अपराधको दरमा गिरावट आएको भने तथ्याङ्कले देखाएका छ। फिलिपिन्सको नेसलन पोलिसिको रिपोर्ट अनुसार अगस्ट देखि ७ दशमलव ५८ प्रतिसतले अपराध दरमा नियन्त्रण आएको छ। ३ अगस्टदेखि ३० नोभेम्बर ३० को बिचमा त्यहाँ १२ हजार ३१ वटा अपराधका घटना दर्ता भएका थिए। सन् २०२१ को त्यसै समयको अन्तरालमा १३ हजार १८ वटा अपराधका घटना भएका थिए।

लुजोन प्रान्तमा सबै भन्दा धेरै ८ दशमलव ६७ प्रतिसतले अपराधमा गिरावट आएको थियो। मिनडाओमा ६ दशमलव ५७ प्रतिशत तथा भिसायसमा ५ दशमलव ५९ प्रतिसतले गिरावट आएको थियो।

यसरी पछिल्लो समय आँकडामा आएको कमी त्यहाँको सरकारका लागि सुखद विषय भए पनि अझै पनि अन्य देशको तुलनामा फिलिपिन्सको अवस्था सुरक्षाको दृष्टिले कमजोर मानिन्छ। जेलभित्रबाट नै आपराधिक सञ्जाल तयार गरेर जापानमा सङ्गठित अपराध र धन्दाको नेतृत्व गर्नु आफैमा आश्चर्यको विषय हो।

(श्रोत : बीबीसी, एनपीआरडट ओआरजी, फिलस्टार)

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ९ : ४१ बजे

म्याद गुज्रिएका विद्यार्थीलाई एकचोटि मौका ! त्रिविमा २०५८ पछिका परीक्षार्थीले जाँच दिन पाउने

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले २०५८ सालपछिका वार्षिक प्रणाली अन्तरगतका परीक्षार्थीहरुले एक

दशैँका लागि रामलीला मञ्चनको तयारी

बाँके– बाँकेको नेपालगञ्जमा ऐतिहासिक संस्कृतिको रूपमा रहेको रामलीलामा नयाँ पुस्ताको

विपन्न नागरिकको निःशुल्क बीमा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाले पालिकाभित्रका विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा

कालीगण्डकीको आँधीघाटमा पक्की पुल निर्माण अन्तिम चरणमा

स्याङ्जा– गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्नेगरी कालीगण्डकी नदीमा निर्माणाधीन पुल

नवलपुरमा बस दुर्घटना हुँदा २३ जना घाइते

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनियी त्रिवेणीमा बस