ओलीको सत्ताधारी रवाफ फेरि प्रतिपक्षी बन्ने खतरा | Khabarhub Khabarhub

ओलीको सत्ताधारी रवाफ फेरि प्रतिपक्षी बन्ने खतरा

सुदूरपश्चिममा सरकार बनेपछि कांग्रेस कार्यकर्तामा सत्ताको आशा


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुदूरपश्चिमको सरकार ढलेपछि एमाले फेरि प्रतिपक्षी बेञ्चमा धकेलिने खतरा बढेको छ। सुदूरपश्चिममा एमाले नेतृत्वको सरकार ढलेर अहिले कांग्रेसको सरकार गठन भइसकेको छ। सत्ताधारी भएर पनि माओवादी र एमालेको तालमेल सही रुपमा नमिल्दा सुदूरपश्चिममा एमाले सरकारबाट बाहिरिनु परेको हो।

सुरुमा केन्द्र र प्रदेशमा नागरिक उन्मुक्ति पार्टीको सहयोगमा सरकार गठन गरेको एमाले र माओवादीले माग पूरा गर्न नसक्दा गठबन्धन तोड्नुपर्ने अवस्थामा पुगेका छन्। खासगरी रेशम चौधरीलाई जेलबाट रिहाइ गर्ने कुरामा पछिल्लो समय माओवादी र एमालेको कुरा मिल्न सकेको छैन।

माओवादीले नागरिक उन्मुक्ति पार्टीका माग पूरा गर्ने बचन दिँदै आएको छ। तर विश्वास गर्न सकिने अवस्था अझै सिर्जना गर्न सकेको छैन। जसकारण नागरिक उन्मुक्ति पार्टीका सात जनाले सुदूरपश्चिम सरकारबाट हात झिक्दा एमालेको सरकार सत्ताबाट सडकमा आइपुगेको हो।

अहिले कांग्रेसको सरकार बन्दा पनि सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीको समर्थन आवश्यक पर्छ। यसका लागि नयाँ मुख्यमन्त्री प्रकाश शाह नागरिक उन्मुक्ति पार्टीका सांसद फकाउन लागि परेका छन्। सुदूरपश्चिम मात्रै होइन, रेशम चौधरी रिहाइ गर्न नसकेमा नागरिक उन्मुक्ति पार्टी केन्द्रीय समर्थनबाट पनि हात झिक्ने अवस्थामा पुगेको छ।

उसले हात झिक्दा सत्ताधारी रहेका माओवादी र एमालेको गठबन्धन तोडिने अवस्थामा पुगेको छ। जसको सबैभन्दा ठूलो झट्का राष्ट्रपति चुनावबाट लाग्ने खतरा छ। राष्ट्रपति चुनावमा माओवादीले राष्ट्रिय सहमतिको प्रयासबाट मात्रै नयाँ राष्ट्रपति चयन गर्नुपर्ने निर्णय गरेको छ।

यसले अब एमाले उम्मेदवारलाई राष्ट्रपति चुनाव जित्न असाध्यै कठिन हुनेछ भने कांग्रेस वा साझा उम्मेदवार राष्ट्रपति बन्ने सम्भावना बलियो छ। सुदूरपश्चिम सरकार ढल्नु, केन्द्रमा माओवादीसँग कुरा बिग्रँदै जानु र राष्ट्रपति चुनावमा पनि धोका भएमा एमाले स्वतः सरकारबाट बाहिरिने सम्भावना बढ्दो छ।

माओवादीले पनि चुनावी गठबन्धनलाई फेरि ब्युताउँदै कांग्रेसलाई सत्तामा ल्याउने बाटो खोलेको छ। माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड नै कांग्रेसलाई सरकारमा ल्याउनका लागि एकपछि अर्को योजना बुनिरहेको प्रष्ट देखिन्छ। जसका लागि उनले एमाले प्रतिकुल हुने निर्णय गरिरहेका छन् भने कांग्रेसका लागि सहज वातावरण बनाउँदै गएका छन्।

यसले गर्दा दुई वर्षअघि संसद् विघटन गरेर प्रतिगमनको आरोप झेलिरहेको एमालेले त्यसको मूल्य अझै चुकाउनुपर्ने देखिएको छ। त्यतिबेला प्रधानमन्त्री रहेका ओलीले दुई दुई पटक संसद् विघटन गरेर सत्ताको रवाफ देखाउँदा अहिले प्रचण्डले सहजै विश्वास गर्ने वातावरण नबनेको देखिन्छ।

अहिले विश्वास गरेपनि भोलिका दिनमा फेरि धोका हुन सक्ने भन्दै माओवादी एमालेबाट सचेत हुने प्रयासमै छ। त्यसको झल्को सुदूरपश्चिमबाट देखिसकेको छ। अरु प्रदेशमा पनि एमाले सत्ताबाट बाहिरिएर कांग्रेस भित्रिने सम्भावना बलियो बन्दै गएको छ।

यसले झण्डै दुई महिना प्रतिपक्षमा बसेका कांग्रेस कार्यकर्तालाई खुशी दिलाएको छ भने सत्तामै रहेका एमाले नेता कार्यकर्ता चिन्तित र त्रसित छन्। संसद् विघटन गर्दा र अहिले प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा पनि विश्वासको वातावरण बनाउन नसकेको एमालेका लागि ढिलोचाँडो फेरि प्रतिपक्षी बेञ्च नै बाध्यता हुने खतरा छ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  १२ : ०८ बजे

अस्पतालमा जनशक्ति थप गर्ने नवनियुक्त मन्त्री यादवको निर्णय

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सरकारी अस्पतालहरूमा

भारतीय गृहमन्त्रीको चुनावी र्‍यालीमा युट्युबर कुटिए

नयाँदिल्ली – भारतको उत्तर प्रदेशस्थित रायबरेलीमा केन्द्रीय गृहमन्त्री तथा भाजपा

पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

पोखरा । पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन्।

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण

गण्डकी– गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले बागलुङस्थित

वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा

काठमाडौं – विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम