संसदीय राजनीतिमा सहमति र सम्झौता हुनुपर्छ | Khabarhub Khabarhub

संसदीय राजनीतिमा सहमति र सम्झौता हुनुपर्छ

राष्ट्रपतिको गरिमाप्रति आशंका पैदा हुनु हुँदैन


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

राजनीतिक रुपमा दल अगाडि बढ्दै गर्दा देशमा केही अफ्ठेरो परिस्थिति सिर्जना भएको देखिन्छ। गठबन्धन बनाएर गएका दलको बीचमा देखिएको तिक्तताले अझ सरकार संकटमा परेको छ। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको यो सहमतिमा केही समस्या देखिएका छन्। सुदूरपश्चिम प्रदेशको सरकार ढलेको छ। त्यहाँ कांग्रेस सत्तामा पुगेको छ। नेपाली कांग्रेस प्रतिपक्षयमा बस्न पनि चाहेको छ। सुदूरपश्चिमबाट यो खालको गठबन्धनमा समस्या देखिएको छ। राष्ट्रपतिमा कार्यकता होइन नयाँ मान्छे खोज्नुपर्ने सन्र्दभका नेता केन्द्रित भएको देखिन्छ। राष्ट्रपतिमा राष्ट्रिय सहमतिको सवालसमेत उठेको छ। यही समयमा वाम मोर्चा अथवा वाम घटकको एकताको सन्दर्भसमेत छलफलमा छ। यी र यस्तै विषयमा केन्द्रित भएर राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटरसँग नयन रापकोटाले गरेको कुराकानी सम्पादित अंश :

सरकार प्रभावकारी ढंगले अगाडि बढ्नुपर्ने बेलामा किन विवाद धेरै आए ?
नेपालको राजनीतिमा सत्तामा पुग्ने र सत्तामा बस्ने उपायको मात्र खोजी भइराखेको छ। अहिलेको सरकारमा दुई जना मात्र प्रतिपक्ष रहेको अवस्था छ। राष्ट्रपति चुनावसम्म आउँदा यसले कुन रुप लिन्छ भनेर धेरैले अनुमान गर्न सकेका छैनन्। नेपाली कांग्रैसले विश्वासको मत प्रचण्डलाई दियो। यसलाई शंकाको दृष्टिमा हेरिएको छ। यो सरकारको प्रमुख निर्माता शक्ति नेकपा (एमाले)लाई कांग्रेसमाथि ठूलो डर छ। आफ्ना कमजोरी लुकाउन दलले विदेशी शक्तिलाई दोष दिनु हुँदैन। आन्तरिक राजनीति मिलाउन नसक्नु हाम्रै नेताको कमजोरी हो।

राष्ट्रपतिको विषयमा दलले गरेको आशंकालाई कसरी हेर्नु भएको छ ?
दुई वटा राष्ट्रपतिले पार्टीको व्यक्ति बनेर भूमिका निर्वाह गर्नुभएको यथार्थ हो। त्यसकै आधारमा धेरै शंका र उपशंका गरेको देखिन्छ। सरकारमाथि महासरकारको अभ्यास भएको भन्दै नेता सचेत भएका हुन। नीतिनिर्माण तथा शक्तिको केन्द्र बालुवाटार हो र ? त्यसले पनि आशंका पैदा भएको छ। बालकोटले राष्ट्रिय स्वतन्त्र पाटी र राप्रपाको साथ लिन खोजेको अवस्था छ। अहिले राजनीतिको रंगशालामा जे पनि हुनसक्छ। कुनै कुरा भन्न नसक्ने अवस्था रहेको छ। सत्ता चरित्र फेर्न सहज छ। त्यसको कार्यान्यन गर्न सकिन्छ। देशको अवस्था र जनताको बीचमा जुन निराशा रहेको छ त्यसमा चासो दिनुपर्ने देखिन्छ। तर त्यतातर्फ सरकारको ध्यान छैन।

कुन गुटमा शक्तिशाली को छ भनेर देख्नु भएको छ ?
यहाँ सबै गुट एक अर्कोमा डराएको अबस्था छ। जहाँ कांग्रेसदेखि एमाले र एमालेदेखि कांग्रेस त्यसको बीचमा सर्प, भ्यागुतो, बिच्छी एक ठाउँमा भएमा त्यसले एकले अर्कोमा आक्रमण गर्न सकेको हुँदैन। जसको बिच्छी भन्दा सर्प बलियो सर्प भन्दा भ्यागुतो बलियो हुँदैन। जसकारण शक्तिको रुपमा पार्टीका नेताहरु पनि समान स्थितिमा रहेका छन्। यो शक्तिशाली भन्न सकिँदैन। जहा आशंकाको पहाड मात्र चुलिएको छ।

नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिन किन सकेन ?
यसमा ओली, प्रचण्ड र नागरिक उन्मुक्ति पाटीको बीचमा के सहमतिका साथमा विश्वासको मत लिएको थियो। यो अवधिको अभ्यासमा उहाँहरुले विश्वास नदिएको हो। संकेतले के सन्देश दिएको छ भन्ने कुरा बुझ्नु जरुरी हुन्छ। यो सन्देशले अहिलेको गठबन्धन सरकारलाई फेरि अर्को गठबन्धनप्रति उन्मुक्त बनाउन सक्नुपर्छ। अन्य छ वटा प्रदेशको सरकारको विषयमा केही भन्न सकिँदैन। राजनीतिलाई फोहोरी खेल भनेको पनि सत्य देखिँन थालेको छ।

गठबन्धनभित्र लुकेको सन्देश के हुनसक्छ ?
हामीले पार्टीको अधिकारमाथि निर्णय गर्न मिल्दैन। जहा आरोप लगाउन पनि मिल्दैन। गठबन्धन भित्र लुकेको सन्देश के हो बुझनु जरुरी भने रहन्छ। देउवा सरकारका दुई सदस्य छुटेर त्यस समयमा धेरै नकारात्मक रुप पनि उब्जिएको थियो । नयाँ सरकार बनिरहदा सरकार बन्यो तर थाहा भएन। राजनीतिमा के हुन्छ भन्न सकिँदैन।

एउटा शक्तिले अरुलाई पाखा लगाए जस्तै त्यो शक्तिले आफूलाई पाखा लगाउन सक्छ भनेर पुष्पकमल दाहालले बुझ्नु भएको छ कि छैन ?
संसदीय राजनीतिमा आएपछि सहमति र सम्झौतामा रहनुपर्छ। भन्नु, गर्नु र बोल्नुमा धेरै फरक पर्छ। देखिएका र नदेखिएका कार्यमा फरक पर्छ। विश्वास नै ठूलो कुरा हो। तर अहिले अविश्वास बढेको देखिन्छ। शीर्ष नेतृत्वको अविश्वासका कारण कमजोर शक्तिहरु आवेगमा आएको अवस्था छ।

अपुरो मन्त्रिपरिसदले कति समय सरकार चलाउने ?
केही सहमति तथा गम्भीर किसिमका सहमति भएनन् भने राष्ट्रपति चुनावसम्म पछाडि यो गठबन्धन अफ्ठेरोमा पर्नसक्छ। आफू कमजोर बनेर अरुलाई माथि पुर्याउने खेल कसैले खेलेको छैन। जस्तै नायक र खलनायक बीचको अन्तर पनि झिनो रहन्छ। समान हैसियतका सबै मानिस आ–आफ्नो पदमा रहेर योजना बनाएको देखिन्छ। यसमा आशंका गर्ने ठाउँ धेरै छन्।

राष्ट्रपति पदलाई शक्तिशालि बनाइयो तथा शक्तिशाली भयो ?
सविधानको परिकल्पनामा राष्ट्रपति एक अभिभावक हो। अत्यन्त गम्भीर अवस्था भन्दाबाहेक उसको सम्मानीय पदको परिकल्पनामा रहनुपर्छ भन्ने मान्यता हो। राष्ट्रको मुख्य अभिभावक नै हो। आशंका र डरले नगर्ने किसिमका अभ्यास भएको छ। पार्टी जाने बितिकै आफूखुसी कार्य गर्नेतर्फ प्रोत्साहन हुने अवस्था रहेको छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)
प्रस्तुति : कुसुम गौतम

 

 

 

 

 

 

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ११ : १६ बजे

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

धनगढी– कैलालीको  गौरीगंगामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको

दूध बिक्रीबाट मनग्य आम्दानी

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२

बाजुरामा एक महिलाको शव फेला

बाजुरा– बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२०