चिकित्सकको हडतालले वीर अस्पतालमा बिरामी अलपत्र (फोटो फिचर) « Khabarhub

चिकित्सकको हडतालले वीर अस्पतालमा बिरामी अलपत्र (फोटो फिचर)


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल चिकित्सक संघको आन्दोलनका कारण वीर अस्पतालमा बिरामी अलपत्र परेका छन् ।

ट्रमा सेन्टरका एक चिकित्सकमाथि सुरक्षाकर्मीले हातपात गरेको विरोधमा आज आकस्मिकबाहेक सेवा सबै ठप्प पारिएको छ । जसका कारण उपचारका लागि अस्पताल आएका बिरामी उपचार पाउनबाट वञ्चित भएका छन् ।

स्याङ्जाका एक बिरामी रामेश्वर न्यौपाने भन्छन्, ‘अस्पतालमा उपचारका लागि आइयो तर यहाँ तालाबन्दी छ, अब कसरी उपचार गर्नु ? अलपत्र परियो ।’ सरकारले सो घटनामा संलग्न एक वरिष्ठ उपरीक्षकलाई निलम्बन गरेको घोषणा गरिसक्दा पनि चिकित्सक संघले आन्दोलन फिर्ता लिएको छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भने बिहानैदेखि सरकार र चिकित्सक संघका पदाधिकारी बिच वार्ता भइरहेको छ ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  १० : ०९ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा