दाताले उपलब्ध गराएको जग्गामा खानेपानी आयोजना निर्माण गरिँदै « Khabarhub

दाताले उपलब्ध गराएको जग्गामा खानेपानी आयोजना निर्माण गरिँदै


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – दाताले उपलब्ध गराएको जग्गामा शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा खानेपानी आयोजना निर्माण अगाडि बढाइएको छ। रु १३ करोडको लागतमा खानेपानी आयोजना निर्माण अगाडि बढाइएको हो।

शुक्लाफाँटा–९ वडाध्यक्ष रमेश ऐरका अनुसार पहिलो वर्ष खानेपानी आयोजनाको पर्खाल निर्माण गर्न र बोरिङ गाड्नका लागि रु १८–१८ लाख गरी रु ३६ लाख बजेटमा कार्य गरिएको छ। “पाँच वर्षभित्रै निर्माण पूरा हुने खानेपानी आयोजनाबाट छ सय ८० परिवारको घरमा शुद्ध पेयजल पुर्‍याउने लक्ष्यसहित कार्य गरिरहेका छौँ”, उनले भने, “पर्खाल निर्माण र बोरिङ गाड्ने कार्य पूरा भइसकेकाले ट्याङ्की निर्माणको काम सुरु गर्छौँ।”

साठी हजार लिटरको खानेपानीको आधुनिक तरिकाले ट्याङ्की निर्माण हुने उनको भनाइ छ। खानेपानी आयोजनाको कार्य गुणस्तरीयरूपमा गर्नका लागि कटिबद्ध रहेको आयोजनाको उपभोक्ता समितिका अध्यक्ष श्यामबहादुर ऐरले बताए।

“ट्याङ्की निर्माणका लागि आवश्यक बजेट माग गर्छौँ”, उनले भने, “त्यसपछि पाइप लाइनको कार्य अगाडि बढाउँछौँ, पाइप लाइनको कार्य सकिएसँगै धारा जडान कार्य हुन्छ।” उपभोक्ताको घर–घरमा र सार्वजनिक ठाउँमा धारा जडान कार्य हुने उनले बताए। शुद्ध पेयजलको व्यवस्था नहुँदा वडाका बासिन्दाले हेण्डमम्पको असुरक्षित खानेपानी प्रयोग गर्दै आएका छन्।

धेरै उपभोक्ताको हेण्डपम्पको पानीमा आर्सेनिक, आइरनलगायतको समस्या रहेको छ। “खानेपानीका लागि पहिला कुवाको प्रयोग हुन्थ्यो”, स्थानीय कर्णबहादुर ऐरले भने, “त्यसपछि हेण्डपम्पको प्रयोग हुन थालेको हो, हेण्डपम्पको पानी सुरक्षित नभए पनि बाध्य भएर पिउँदै आएका छौँ।” खानेपानी आयोजना निर्माणको कार्य अगाडि बढेसँगै शुद्ध पेयजल पिउन पाउनेमा ढुक्क भएको उनले बताए।

आयोजना निर्माण हुन थालेपछि निकै खुसी भएको उनको भनाइ छ। खानेपानी आयोजना निर्माणका लागि स्थानीय डम्बरबहादुर ऐर, तीर्थबहादुर ऐर र सुनादेवी ऐरले तीन कठ्ठा जग्गा दान गरेका छन्। दान गरिएको जग्गाको मूल्य रु ४५ लाख बढी रहेको छ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  १० : २४ बजे

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौँ– तातोपानी नाका तीन खुल्ने भएको छ । यही कात्तिक

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा