अभिनयमा पुनरागम गर्दै अभिनेता राजबल्लभ | Khabarhub Khabarhub

अभिनयमा पुनरागम गर्दै अभिनेता राजबल्लभ


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सन् २००७ मा चलचित्र ‘पर्खि बसेँ’बाट अभिनयको सुरूआत गरेका अभिनेता राजबल्लभ कोइरालाले ‘कामिनो’ मा अभिनय गर्ने भएका छन्।

पछिल्लो समय ‘हाइवे टु धम्पुस’मा देखापर्नुभएका उनी झण्डै १० वर्षपश्चात अभिनय गर्दै छन्। “आफू सुहाउँदो भूमिका पाएँ। र, यो महत्वपूर्ण मध्येको एक हो”, अभिनेता कोइरालाले भने, “मेरो छायाँङ्कन ब्राजिल र मेक्सिकोमा तय भएको छ।”

अमेरिकाको क्यालिफोर्निया बसोबास गर्ने अभिनेता कोइरालाले चलचित्रका लागि नेपाल आउने विषयमा माग र आवश्यकतामा आधार रहने बताए। अभिनेता प्रदीप खड्का र अभिनेत्री वर्षा सिवाकोटीपश्चात अभिनेता कोइरालालाई टिममा स्वागत गर्न पाउँदा खुसी लागेको निर्देशक दीपक ओलीले बताए। “हामीलाई चाहिएको लुक्स र कलाकार पाएका छौँ। चलचित्रलाई बिनासम्झौता तयार गर्नेछौँ”, उनले भने, “यसको कथा नै विदेशी भूमिसँग जोडिएकाले छायाङ्कन नै उतै गर्दैछौँ।”

अभिनेता कोइरालाले अभिनय गर्नुभएको गुरु दक्षिणा, छोडी गए पाप लाग्ला, पहिलो पहिलो माया, किन लाग्छ माया, पल, मसान, अपवाद, सो सिम्पल, ६ एकान ६, हाइवे टु धम्पुसलगायतका चलचित्रको चर्चा हुने गर्छ। उनले सात वर्षमा सत्ताइस चलचित्रमा अभिनय गरेका थिए।

स्पेनिस भाषामा ‘कामिनो’को अर्थ बाटो हो। जोखिमपूर्ण तरिकाले अमेरिका प्रवेश गर्न चाहनेको सङ्घर्षको कथामा निर्माण हुने चलचित्र आउँदो वैशाखबाट छायाँङ्कनमा जाने तयारी रहेको कार्यकारी निर्माता सुनिल विष्ट गौलीले जानकारी दिएका छन्। यसमा महेश दबाडीको पटकथा र संवाद, सौरभ लामाको छायाँङ्कन, एसडी योगी र एलिस कार्कीको सङ्गीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहनेछ। नेपाली, हिन्दी, अङ्ग्रेजी र स्पेनिससहित चार भाषामा चलचित्र प्रदर्शन गरिनेछ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  १० : ५० बजे

राष्ट्रिय झन्डा ओढेर जेन-जीका नाममा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता समातिए

पोखरा- गत भदौ २४ गते भएको जेन-जीहरूको आन्दोलनका क्रममा राष्ट्रिय

रैथाने बाली संरक्षणमा प्रदेश सरकार, जग्गा बाँझो राख्नेलाई जरिवाना

काँक्रेविहार – कर्णाली प्रदेशमा उत्पादन हुने नौवटा रैथाने प्रजातिका बालीहरू

गोदरेजले नेपालमा इओन रेगालिस एआई फ्रन्ट लोड वाशिंग मसिन सुरुवात गर्दै 

काठमाडौं– गोदरेज एप्लायन्सेसले नेपालमा आफ्नो प्रिमियम इओन रेगालिस ८ किलोग्राम

दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीले अनुसन्धान गर्दै

नयाँदिल्ली– भारतीय फरेन्सिक टोलीहरूले मंगलबार बिहान राजधानी नयाँदिल्लीको मुटुमा भएको

दिल्लीको कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा अनुसन्धान सुरु

नयाँदिल्ली– भारतीय फरेन्सिक टोलीहरूले मंगलबार बिहान राजधानी नयाँदिल्लीको मुटुमा भएको विनाशकारी