सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित « Khabarhub

सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारसँगको वार्तापछि नेपाल चिकित्सक संघले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।

गत शुक्रबार राष्ट्रपतिको सवारीका क्रममा सुरक्षाकर्मीबाट चिकित्सकको कुटिएको विरोधमा आइतबार आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा ठप्प पारेको संघले सरकारसँगको वार्ता पछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो ।

वार्तापछि संघका अध्यक्ष डा लोचन कार्की र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवं वार्ता टोली संयोजक डा गणेशप्रसाद पाण्डेयले हस्ताक्षर गरेको सहमतिअनुसार संघले अगाडि सारेका सम्पूर्ण आन्दोलनका कार्यक्रम तत्काल स्थगित गर्ने उल्लेख छ ।

साथै चिकित्सकलाई कुट्ने सुरक्षाकर्मीलाई कारबाही गर्ने, घाइते चिकित्सकको उपचार सरकारले गर्नेलगायतका बुँदामा सहमति भएको छ ।

 

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  १२ : १६ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग