सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित « Khabarhub

सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारसँगको वार्तापछि नेपाल चिकित्सक संघले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।

गत शुक्रबार राष्ट्रपतिको सवारीका क्रममा सुरक्षाकर्मीबाट चिकित्सकको कुटिएको विरोधमा आइतबार आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा ठप्प पारेको संघले सरकारसँगको वार्ता पछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो ।

वार्तापछि संघका अध्यक्ष डा लोचन कार्की र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवं वार्ता टोली संयोजक डा गणेशप्रसाद पाण्डेयले हस्ताक्षर गरेको सहमतिअनुसार संघले अगाडि सारेका सम्पूर्ण आन्दोलनका कार्यक्रम तत्काल स्थगित गर्ने उल्लेख छ ।

साथै चिकित्सकलाई कुट्ने सुरक्षाकर्मीलाई कारबाही गर्ने, घाइते चिकित्सकको उपचार सरकारले गर्नेलगायतका बुँदामा सहमति भएको छ ।

 

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  १२ : १६ बजे

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई