सरकारको काम कारबाही प्रभावकारी र जनपक्षीय बनाइने | Khabarhub Khabarhub

सरकारको काम कारबाही प्रभावकारी र जनपक्षीय बनाइने


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारका काम कारबाहीलाई प्रभावकारी तथा जनपक्षीय बनाउने विषयमा सत्ता साझेदार दलका शीर्ष नेताबीचमा छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा मुख्य गरी सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउने र सहकार्यलाई थप मजबुत बनाएर लैजाने विषयमा महत्त्वपूर्ण छलफल भएको उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले जानकारी दिए।

‘सरकारमा सहभागी दलकाबीचमा सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउने र भएका कमीकमजोरीलाई सच्याउने विषयमा समीक्षा भयो। आगामी दिनमा यो सहकार्यलाई अझ मजबुत बनाएर लैजाने विषयमा पनि गम्भीर छलफल भएको छ’, उनले भने।

बैठकले नियमित रूपमा यस प्रकारका भेटघाटलाई निरन्तरता दिने सहमति गरेको छ। राप्रपाका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री लिङ्देनका अनुसार वर्तमान सरकार निर्माणका क्रममा गरिएको सहमतिमा आफूहरू कायम रहेको र त्यसमा सत्ता साझेदार दलकाबीच समान धारणा रहेको भन्दै थप कुनै विषयमा सहमति गर्नुपर्ने भए त्यसका लागि पनि तयार रहेको बैठकको निष्कर्ष छ ।

बैठकमा सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेरि सरकारमा ल्याउने विषयमा पनि छलफल भएको थियो। ‘उपयुक्त समयमा रास्वपा सरकार आउन पनि सक्छ, केही प्राविधिक समस्या छन्, छलफल भइरहेको छ, यसलाई निरन्तरता दिने विषयमा छलफल भएको छ’, उनले भने ।

बैठकमा राष्ट्रपतिको निर्वाचनका बारेमा कुनै छलफल नभएको उनको भनाइ छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र  पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी थिए।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  १ : ०१ बजे

छैटौँ एशियाली जनसङ्ख्या सम्मेलन काठमाडौंमा हुने

काठमाडौं– छैटौँ एशियाली जनसङ्ख्या सम्मेलन आगामी मंसिर १२ गतदेखि काठमाडौंमा

रुससँग मिलेर चीनको कोस्ट गार्ड पहिलो पटक आर्कटिकमा, अमेरिका चिन्तित

काठमाडौं- चीनको कोस्ट गार्ड पहिलो पटक आर्कटिक महासागरमा प्रवेश गरेको

शंकर पोखरेलको स्षप्टीकरण : प्रधानमन्त्रीले अंग्रेजी नजानेर ‘डाँफेज’ र ‘गैंडाज’ भन्नु भएको होइन

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री

उत्तरी थाइल्याण्डमा बाढीमा फसेका सय भन्दा बढी हात्तीको उद्धार

काठमाडौं- उत्तरी थाइल्याण्डमा भएको भीषण वर्षापछि आएको बाढीले प्रभावित भएका

दशैंमा घर जाँदै हुनुहुन्छ ? नछुटाउनुहोस् यी औषधि

काठमाडौं–  नेपालीहरूको महान् चाड बडादशैँको आगमनसँगै राजधानी शहर छाड्नेको चहलपहल