राष्ट्रपतिको सवालमा सहमतिकै पक्षमा छौँ : अध्यक्ष नेपाल « Khabarhub

राष्ट्रपतिको सवालमा सहमतिकै पक्षमा छौँ : अध्यक्ष नेपाल


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

अत्तरिया- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिको सवालमा आफ्नो पार्टी सहमतिकै पक्षमा रहेको बताएका छन्। पार्टीको प्रदेश कमिटीको बैठकमा सहभागी हुन धनगढी आइपुगेका उनले आज आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन्।

‘सबै पार्टीलाई समेटेर अगाडि बढ्नुपर्छ’, उनले भने, ‘हाम्रो पार्टीको धारणा पनि विचार मिल्नेसँग हातेमालो गरेर अगाडि बढ्नुपर्छ भन्ने नै हो। मुलुकलाई निकास दिनका लागि सहमतिमा अगाडि बढ्न सके सबैभन्दा राम्रो हुन्छ ।’संविधान, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि प्रधानमन्त्रीले सहमतिमै अगाडि बढ्नुपर्नेमा जोड दिँदै नेपालले राजनीतिक प्रकृतिका मुद्दा थन्क्याएर राख्नुभन्दा छिटो टुङ्गाउनु राम्रो हुने बताए ।

प्रदेशको हकमा सुदूरपश्चिममा अहिलेको सरकारलाई विश्वासको मत दिलाउनुपर्ने र सबैलाई समेटेर जानुपर्नेमा सुझाव दिँदै उनले मध्यावधि निर्वाचनतर्फ जान नहुने र यसलाई  मुलुकले आर्थिक हिसाबले पनि धान्न नसक्ने उल्लेख गरे।
सुदूरपश्चिममा नेकपा (एमाले) नेतृत्वको बनेको सरकार विश्वासको मत पाउन नसकेपछि एक महिनामै ढलेको र फेरि अहिले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएको छ।

कांग्रेस नेतृत्वको सरकारले पनि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  २ : ३५ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ