नगरपालिकाद्वारा कुकुरको बन्ध्याकरण | Khabarhub Khabarhub

नगरपालिकाद्वारा कुकुरको बन्ध्याकरण


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

त्रिशूली– विदुर नगरपालिकामार्फत नगरभित्रका एक हजार भन्दाबढी सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको छ । नगरपालिकाको ‘रेविज रोग नियन्त्रण अभियान’मार्फत यही माघ १३ गतेदेखि सुरु भएको सामुदायिक र घरमा पालिएका समेत एक हजार एक सय ४५ कुकुरलाई बन्ध्याकरणसहित रेबिजरोग विरुद्धको खोप लगाइएको हो ।

नगरप्रमुख राजन श्रेष्ठका अनुसार सामुदायिक कुकुरले मानिस तथा पशुचौपायालाई टोकेर घाइते बनाउनाका साथै रेविज रोगको सङ्क्रमण बढाउने, ट्राफिक आवागमनमा असर  पुर्‍याउने र बालबालिकामा त्रास फैलाउने घटना बढेपछि नियन्त्रणका लागि बन्धाकरण र खोप कार्यक्रम चलाइएको हो ।

‘नगरवासीको सुरक्षा एवं पशुको रक्षाका लागि सामुदायिक कुकुर नियन्त्रण गर्न उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।’ उनले भने ‘अभियानका क्रममा घरपालुवा कुकुरकोसमेत बन्ध्याकरण गरिएको छ भने कुकुर पालनमा हेरचाह गर्न र छाडा नछोड्न सचेतनालगायत कार्यक्रम पनि गरिएको छ ।’ उक्त अभियानमा पोथी कुकुरको बन्ध्याकरण गरिएको र  भाले कुकुरलाई रेबिजरोग विरुद्धको खोप लगाइएको थियो । 

बन्ध्याकरण र खोप कार्यक्रम सञ्चालनका लागि बनेपास्थित नेपाल पशुकल्याण तथा अनुसन्धान केन्द्रले प्राविधिक सहयोग पुर्‍याएको थियो । 

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ३ : ०३ बजे

लहानमा ट्यांकीबाट खानेपानी वितरण सुरु

सिरहा– यहाँको लहान नगरपालिका–२४ खेसराहा टोलमा खानेपानीको चरम अभाव भएपछि

भारतबाट सात किशोरीको उद्धार

झापा–  वैदेशिक रोजगारीको बहानामा भारत पुर्‍याइएका सात नेपाली किशोरीलाई सीमावर्ती

उपत्यकामा आपराधिक क्रियाकलापविरुद्धको ‘अपरेशन’ नरोकिने

काठमाडौं– प्रहरीले आपराधिक क्रियाकलापविरुद्धको अभियान नरोक्ने स्पष्ट पारेको छ ।

लोथरमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गरिने

चितवन– चितवनको लोथर खोला र राप्ती दोभानको किनारमा पेट्रोलियम पदार्थ

पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तक सार्वजनिक

काठमाडौं– खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कारका