अफगान प्रहरीद्वारा ठूलो परिमाणमा हातहतियार बरामद « Khabarhub

अफगान प्रहरीद्वारा ठूलो परिमाणमा हातहतियार बरामद


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगान प्रहरीले उत्तरी प्रान्त बाघलानबाट ठूलो परिमाणमा हातहतियार बरामद गरेको छ । बाघलान प्रान्तस्थित एउटा घरमा छापा मारेर सुरक्षाकर्मीले विभिन्न किसिमका हतियार र गोलाबारुद बरामद गरेका प्रान्तीय प्रहरी प्रवक्ता मौलावी शिर अहमद बुर्हानीले बताएका छन् ।

गोप्य सूचनाका आधारमा छापा मारेर सुरक्षाकर्मीले एक थान रकेट प्रोपेल्ड ग्रेनेड आरपीजी, पाँच थान एके –४७ राइफल, १३ थान पेस्तोल र भारी मात्रामा ग्रिनेड नियन्त्रणमा लिएको जनाइएको छ । हालैका दिनमा सुरक्षा बलले बगलान, छिमेकी कुन्दुज र समङ्गन प्रान्तबाट हजारौँ हातियार र गोलाबारुद बरामद गरेको छ ।

वर्षौँको युद्धबाट तहसनहस भएको अफगान सरकारले देशमा शान्ति, सुरक्षा एवम् स्थायित्व कायम गर्न सुरक्षा निकायबाहेक अन्यलाई हतियार राख्न नदिने नीति लिएको छ भने त्यस्ता हातहतियार सम्बन्धित व्यक्तिबाट जफत गर्ने वाचा गरेको छ ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ४ : ५४ बजे

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका

निर्वाचनलाई लक्षित गर्दै झापामा शान्ति–सद्भाव कायम गर्ने प्रतिबद्धता

भद्रपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

सोमप्रसादले सुरु गरे चुनावी अभियान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका पाल्पा क्षेत्र नं. २ का उम्मेदवार