जम्मु कश्मीरमा फेला परेको लिथियम उत्कृष्ट गुणस्तरको : भारतीय खनिज अधिकारी « Khabarhub

जम्मु कश्मीरमा फेला परेको लिथियम उत्कृष्ट गुणस्तरको : भारतीय खनिज अधिकारी


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको जम्मु कश्मीरमा खनिज पदार्थ लिथियमको भण्डार फेला परेको छ । भारतीय सञ्चारमाध्यमले जम्मु कश्मीरमा ५९ लाख टन क्षमताको लिथियम भण्डार फेला परेको जानकारी दिएका छन् ।

भारतको भौगर्भिक सर्वेक्षण (जीएसआई) ले जम्मु कश्मीरको रेयासी जिल्लामा लिथियम भण्डार पत्ता लगाएको भारतीय टेलिभिजन एनडीटीभीको अनलाइन संस्करणले जनाएको छ । रेयासी जिल्लाको माता वैष्णेदेवी मन्दिर आसपास फेला परेको लिथियमको गुणस्तर उत्कृष्ट रहेको जम्मु कश्मीरको खनिज सचिव अमित शर्माले भारतीय समाचार संस्था पीटीआईलाई जानकारी दिएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार सामान्यतः लिथियमको गुणस्तर २२० पाट्स पर मिलियन (पीपीएम) हुने बताइन्छ । यद्यपि जम्मु कश्मीरमा फेला परेको लिथियमको गुणस्तर ५०० पीपीएम रहेको खनिज अधिकारीले जनाएका छन् ।

विद्युतीय सामग्री उत्पादनका लागि अत्यावश्यक पर्ने लिथियम यसअघि भारतमा उपलब्ध थिएन । यसअघि भारतले आवश्यक पर्ने सम्पूर्ण लिथियम विदेशबाट आयात गर्दै आएको थियो ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ६ : ०७ बजे

मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु

खार्तुम – मध्य सुडानको भीडभाड रहेको बजारमा ड्रोन आक्रमणमा परी

घाइते चितुवा मर्‍यो, कर्मचारी घाइते

अर्घाखाँची – जिल्लाको मालारानी गाउँपालिका—३ मा पासोमा परी घाइते भएको

फेरि पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका

जेनजी आदोलनका क्रममा कारागारबाट भागेका सात जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट

मनाङ मर्स्याङ्दी क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

कास्की – मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय