अफगानिस्तानको बाघलान प्रान्तमा हतियारको भण्डार फेला « Khabarhub

अफगानिस्तानको बाघलान प्रान्तमा हतियारको भण्डार फेला


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अफगानिस्तानको उत्तरी बाघलान प्रान्तमा विभिन्न किसिमका हतियार र गोलाबारुद भएको भण्डारण फेला परेको छ ।

प्रान्तीय प्रहरी प्रवक्ता मौलावी शिर अहमद बुर्हानीले आइतबार दिएको जानकारी अनुसार सूचनाको आधारमा प्रहरीले शनिबार राति प्रान्तीय राजधानी पुल–ए–खुम्री शहरको एक घरमा छापा मारेर एक थान रकेट प्रोपेल्ड ग्रेनेड, पाँच एके–४७, १३ थान पेस्तोल र १३ थान हतियारसहित ठूलो परिमाणमा हातहतियार बरामद गरेको हो ।

सुरक्षा बलले पछिल्ला केही दिनहरूमा बाघलान र छिमेकी कुन्दुज र समंगन प्रान्तहरूबाट हातहतियार खोजी अभियानका क्रममा हजारौं हतियार र गोलाबारुद बरामद गरेको छ ।

कार्यवाहक सरकारले युद्धग्रस्त अफगानिस्तानमा शान्ति र सुरक्षालाई स्थिर गर्ने प्रयासको रूपमा सुरक्षा निकाय बाहेक अरू जो कोहीसँग भएको भएपनि हतियार बरामाद गर्ने अभियान चलाएको छ ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ८ : १३ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका