अफगानिस्तानको बाघलान प्रान्तमा हतियारको भण्डार फेला « Khabarhub

अफगानिस्तानको बाघलान प्रान्तमा हतियारको भण्डार फेला


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अफगानिस्तानको उत्तरी बाघलान प्रान्तमा विभिन्न किसिमका हतियार र गोलाबारुद भएको भण्डारण फेला परेको छ ।

प्रान्तीय प्रहरी प्रवक्ता मौलावी शिर अहमद बुर्हानीले आइतबार दिएको जानकारी अनुसार सूचनाको आधारमा प्रहरीले शनिबार राति प्रान्तीय राजधानी पुल–ए–खुम्री शहरको एक घरमा छापा मारेर एक थान रकेट प्रोपेल्ड ग्रेनेड, पाँच एके–४७, १३ थान पेस्तोल र १३ थान हतियारसहित ठूलो परिमाणमा हातहतियार बरामद गरेको हो ।

सुरक्षा बलले पछिल्ला केही दिनहरूमा बाघलान र छिमेकी कुन्दुज र समंगन प्रान्तहरूबाट हातहतियार खोजी अभियानका क्रममा हजारौं हतियार र गोलाबारुद बरामद गरेको छ ।

कार्यवाहक सरकारले युद्धग्रस्त अफगानिस्तानमा शान्ति र सुरक्षालाई स्थिर गर्ने प्रयासको रूपमा सुरक्षा निकाय बाहेक अरू जो कोहीसँग भएको भएपनि हतियार बरामाद गर्ने अभियान चलाएको छ ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ८ : १३ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट