आईसीसी विश्वकप लिग-२ : टियु मैदानमा आज नेपाल र युएई खेल्दै « Khabarhub

आईसीसी विश्वकप लिग-२ : टियु मैदानमा आज नेपाल र युएई खेल्दै


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप लिग-२ अन्तर्गत आज नेपालले यूएईसँग खेल्दैछ।

लिग-२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले यूएईको सामना गर्न लागेको हो। खेल कीर्तिपुरस्थित टियु मैदानमा आइतबार बिहान ९ बजे सुरु हुनेछ।

त्रिकोणात्मक सिरिज अन्तर्ग पहिलो खेलमा पपुवा न्यु गिनी (पीएनजींलाई पराजित गरेको नेपाल आज जितको लक्ष्यसहित मैदानमा उत्रिने छ।

विश्वकप लिग-२ को शीर्ष तीन टिममा रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपालले जित्नै पर्ने दबाब छ। बाँकी तीन खेलमा विजयी भए मात्र नेपालले विश्वकप छनोटमा सिधै स्थान बनाउने छ। नेपाल एक खेल अगाबै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायमै राख्न चाहन्छ। त्यसका लागि आजको जित आवश्यक हुन्छ।

लिग-२ मा नेपालले ३६ खेल खेल्न पाउने छ। ३३ खेल खेलिसकेको नेपालले १६ जित र १५ मा हार खाएको छ। नेपालले ३४ अंक जोडेको छ।

यूएई भने ३३ खेलमा १४ खेलमा जित तथा १६ खेलमा हार खाएर ३१ अंक जोड्न सफल छ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ६ : ३२ बजे

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ