लिभरपुल बर्नमाउथसँग पराजित « Khabarhub

लिभरपुल बर्नमाउथसँग पराजित


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा लिभरपुलले इङ्लिस प्रिमियर लिगमा हार पराजित हुन पुगेको छ ।

अघिल्लो खेलमा म्यानचेस्टर युनाइटेडलाई ७–० ले पराजित गर्दै लय फर्किएको लिभरपुल बर्न माउथसँग पराजित भएको हो। शनिबार भएको खेलमा लिभरपुल बर्नमाउथसँग १–० गोलअन्तरले पराजित भएको हो ।

लिभरपुललाई आफ्नो घरेलु मैदानमा पराजित गर्ने क्रममा बर्नमाउथका फिलिप वालिङले २८ औँ मिनेटमा गोल गरे, जुन गोल लिभरपुलको हारका लागि निर्णायक हुन पुगिदियो ।

पहिलो हाफमा गोल खाएर दबाबमा परेको लिभरपुलले दोस्रो हाफमा पेनाल्टी अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न भने सकेन । दोस्रो हाफको ७० औँ मिनेटमा मोहम्मद सलाहले गोलमा परिणत गर्न सकेनन् । पेनाल्टीमा चुक्दा उनको प्रहार पोस्टबाट बाहिरिन पुग्यो । लिभरपुलको अघिल्लो खेलमा देखाएको दाजु यस खेलमा निराशामा परिणत हुन पुग्यो ।

लिभरपुल भने ४२ अंकसहित लिगको पाँचौँ स्थानमा छ भने बर्नमाउथले २६ खेलबाट २४ अंकमा सीमित छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ८ : ४५ बजे

‘बोक्सीको घर’को सफलतापछि फिल्म ‘पेट्रोल पम्प’ बनाउँदै केकी

काठमाडौं – नायिका तथा निर्मात्री केकी अधिकारीले फिल्म ‘पेट्रोल पम्प’

झापामा जङ्गली हात्ती मृत फेला

बनियानी– यहाँको बुद्धशान्ति गाउँपालिका–३ स्थित डाँडागाउँमा एउटा जङ्गली हात्ती मृत

भद्रपुरमा औद्योगिक तथा व्यापार महोत्सव हुने

झापा– मुलुककै पुरानो औद्योगिक नगर भद्रपुरमा नौ वर्षपछि औद्योगिक, व्यापार,

तीन सातादेखि बन्द रहेको जलविद्युत् उत्पादन पुनः सुरु

ताप्लेजुङ– गत मङ्सिर अन्तिम सातादेखि बन्द  रहेको ७३ मेगावाट क्षमताको

गोरखामा च्याउ खाँदा एकाघरका चार जना बिरामी

गोरखा – परालको टौवामा उम्रिएको च्याउको तरकारी बनाएर खाँदा एउटै