गुणस्तरीय शिक्षा राज्यको प्राथमिकता हुनुपर्छ : सांसद आरजु राणा देउवा | Khabarhub Khabarhub

गुणस्तरीय शिक्षा राज्यको प्राथमिकता हुनुपर्छ : सांसद आरजु राणा देउवा


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा आरजु राणा देउवाले गुणस्तरीय शिक्षा राज्यको प्राथमिकता हुनुपर्ने बताएकी छिन् ।

काठमाडौँको बाँसबारीमा युलेन्सको स्कुलको दोस्रो युनिटको उद्घाटन गर्दै उनले गुणस्तरीय शिक्षा राज्यको प्रथमिकता हुनुपर्नेमा जोड दिएकी हुन् । उनले भनिन्, “देश विकासको मेरुदन्ड शिक्षाको विकास हो, त्यसैले नागरिकलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने काम राज्यको उच्च प्राथमिकतामा पर्नुपर्दछ ।”

युलेन्स स्कुल व्यवस्थापन समितिकी अध्यक्षसमेत रहेकी राणाले नेपालमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले १७ वर्षअघि युलेन्स स्कुलको स्थापना गरिएको जानकारी दिँदै यस विद्यालयका बालबालिकाका अभिभावक, कर्मचारी, युलेन्स फान्डेशनलगायत सबैको मेहनतले यो दोस्रो युनिट बाँसबारीमा सुरु गर्न लागिएको बताइन् ।

बाँसबारीमा रहेको उक्त स्कुलले कक्षा १ देखि ८ कक्षासम्मको पठनपाठन यसै शैक्षिक सत्रदेखि सञ्चालन गर्ने भएको जानकारी पनि सोही अवसरमा दिइएको थियो । सो कार्यक्रममा चिनियाँ राजदूत चेन सङले युलेन्स स्कुलले नेपालमा गुणस्तीय शिक्षामा महत्वपूर्ण योगदान पुर्‍याएको बताएका थिए ।

युलेन्स एजुकेशन फाउन्डेशनका अध्यक्ष सोम पनेरुले नेपालमा गुणस्तरीय शिक्षामा सबैको पहुँच दिलाउने उद्देश्यले लामो समयदेखि युलेन्स स्कुलले सेवा गरिरहेको बताए । गैरनाफामूलक शिक्षण संस्थाका रुपमा नेपालको गुणस्तरीय शिक्षामा पहुँच पुर्‍याउने उद्देश्यले परोपकारी गाइ र मरियम युलेन्स दम्पतीले सन् २००६ मा निश्चित रकम आर्थिक सहयोग गरेर स्कुल सञ्चालन भएको हो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ३ : ११ बजे

‘काजी’मा विपीन, केकी र गरिमा

काठमाडौं- नायक विपिन कार्की, नायिकाद्वय केकी अधिकारी र गरिमा शर्मालाई

राष्ट्रपति भेट्न पुगे विपिन जोशीका परिवार

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका

बन्धक रिहाइ र युद्धविराम माग गर्दै इजरायलमा थप प्रदर्शन

एजेन्सी – गाजापट्टीमा सक्रिय लडाकु समूह हमासलाई निमिट्यान्न पार्ने भन्दै

एक महिनामा भारतबाट मात्र ८३ अर्बको आयात, बढी आयात हुने १० देश कुन-कुन ? 

काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनाको आयात निर्यातको

दाङमा टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु

देउखुरी– दाङमा टिपर र मोटरसाइकल एक-आपसमा ठोक्किँदा एकको मृत्यु भएको