पाकिस्तानमा लडाकुको आक्रमणमा वृद्धि « Khabarhub

पाकिस्तानमा लडाकुको आक्रमणमा वृद्धि


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा लडाकुको आक्रमणका घटनामा वृद्धि भएको पाइएको छ । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार अघिल्लो महिना मुलुकमा लडाकु समूहको आक्रमणका घटना बढेको पाइएको हो ।

गत महिना पाकिस्तानमा सक्रिय तालिबान समूहले मुलुकको ठूलो सहर कराँचीमा रहेको प्रहरी मुख्यालयमा आक्रमण गरेका थिए । तहरिक ए तालिबान पाकिस्तान (टीपीपी) ले गराएको उक्त आक्रमणलाई फेब्रुअरी महिनाकै सबैभन्दा खतरनाक आक्रमण भएको डनले जनाएको छ ।

पाकिस्तानमा आधारित पाकिस्तान इन्स्टिच्युट फर कन्फ्लिक्ट एण्ड सेक्युरिटी स्टडिजका अनुसार लडाकुहरुले गत महिना ५८ वटा आक्रमण गरेका थिए ।

ती आक्रमणमा ६२ जनाको मृत्यु भएको जनाइएको छ । मारिनेमा २७ जना सर्वसाधारण, १८ जना सुरक्षाकर्मी र १७ जना लडाकु रहेको डनले उल्लेख गरेको छ ।

त्यसैगरी, सो अवधिमा आक्रमणका घटनामा १३४ जना घाइते भएको बताइएको छ । घाइते हुनेमा ५४ जना सर्वसाधारण र ८० जना सुरक्षाकर्मी रहेको बताइएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ५ : ०२ बजे

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि