भारतको जम्मु कश्मीरमा थप ५६ वटा रंगशाला बन्ने « Khabarhub

भारतको जम्मु कश्मीरमा थप ५६ वटा रंगशाला बन्ने


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको जम्मु कश्मीर सरकारले ५६ वटा रंगशाला बनाउने भएको छ । जम्मु कश्मीर सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकता दिँदै ५६ वटा रंगशाला निर्माण गर्न लागेको हो ।

जम्मु कश्मीर खेलकुद परिषदले फुटबल, हकी, जिम्न्यास्टिक, उसु, कबड्डी, साइक्लिङ ब्याडमिन्टन, भलिबल, टेनिस, खोखो, थाङ् ताजस्ता खेलका लागि राजधानी, श्रीनगर, बुडगाम, गन्दरबाल, बरमुल्ला, अनन्तनाग, कुलगाम लगायतका क्षेत्रमा रंगशाला बनाउने भएको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार ती रंगशालामा प्रशिक्षण दिनका लागि खेलकुद क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुलाई प्रशिक्षकका रुपमा नियुक्त समेत गर्ने सरकारको योजना छ । यसका लागि खेलाडी, प्रशिक्षकजस्ता पदमा आवेदन खुला गरिएको एएनआईले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ६ : २० बजे

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा

निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित

अहिलेको प्रमुख दायित्व निर्वाचन सुरक्षाः आईजीपी अर्याल

काठमाडौँ- सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले अहिलेको प्रमुख

‘निर्वाचनमा एक थोपो रगत बग्नु भएन, कोही घाइते हुनु भएन’

काठमाडौँ –प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले

आइएसका उच्च सदस्यसहित कुख्यात युरोपेली अपराधीलाई सिरियाबाट इराकमा स्थान्तरण

बग्दाद – यो हप्ता सिरियाबाट इराकमा स्थानान्तरण गरिएको इस्लामिक स्टेट