चीनमा विदेशी लगानी १८ वर्ष यताकै न्यून « Khabarhub

चीनमा विदेशी लगानी १८ वर्ष यताकै न्यून


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनमा विदेशी लगानी १८ वर्ष यताकै सबैभन्दा न्यून भएको पाइएको छ । जापानबाट प्रकाशित हुने निक्के एसियाले जनाएअनुसार चीनमा सन् २०२२ को दोस्रो अर्धवार्षिक अवधिमा प्रत्यक्ष विदेशी लगानीमा ७३ प्रतिशतले कमी आएको छ ।

चीनको आधिकारिक तथ्यांक उद्धृत गर्दै निक्के एसियाका अनुसार सन् २०२२ जुलाई देखि डिसेम्बर महिनासम्म चीनमा ४२ अर्ब ५० करोड डलर बराबरको विदेशी लगानी भित्रिएको छ । यो सन् १९९९ यताकै सबैभन्दा न्यून रहेको जनाइएको छ ।

यसैबीच यस अवधिमा चीनबाट अन्य देशमा हुने विदेशी लगानीमा भने २१ प्रतिशतको वृद्धि देखिएको छ । यसअनुसार चीनबाट अन्य मुलुकमा ८४ अर्ब २० करोड डलर बराबरको लगानी भएको छ ।

पछिल्ला केही वर्षमा युरोपबाट चीनमा लगानी लगभग ठप्प रहेको न्यूयोर्कमा रहेको वित्तीय विश्लेषण गर्ने रोडियम समूहले उल्लेख गरेको छ । अन्य कम्पनीहरुले चीनमा आफ्नो लगानी घटाएका छन् भने केही कम्पनीले चीनमा आफ्नो गतिविधि ठप्प पारेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ७ : २२ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर