चीनमा विदेशी लगानी १८ वर्ष यताकै न्यून « Khabarhub

चीनमा विदेशी लगानी १८ वर्ष यताकै न्यून


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनमा विदेशी लगानी १८ वर्ष यताकै सबैभन्दा न्यून भएको पाइएको छ । जापानबाट प्रकाशित हुने निक्के एसियाले जनाएअनुसार चीनमा सन् २०२२ को दोस्रो अर्धवार्षिक अवधिमा प्रत्यक्ष विदेशी लगानीमा ७३ प्रतिशतले कमी आएको छ ।

चीनको आधिकारिक तथ्यांक उद्धृत गर्दै निक्के एसियाका अनुसार सन् २०२२ जुलाई देखि डिसेम्बर महिनासम्म चीनमा ४२ अर्ब ५० करोड डलर बराबरको विदेशी लगानी भित्रिएको छ । यो सन् १९९९ यताकै सबैभन्दा न्यून रहेको जनाइएको छ ।

यसैबीच यस अवधिमा चीनबाट अन्य देशमा हुने विदेशी लगानीमा भने २१ प्रतिशतको वृद्धि देखिएको छ । यसअनुसार चीनबाट अन्य मुलुकमा ८४ अर्ब २० करोड डलर बराबरको लगानी भएको छ ।

पछिल्ला केही वर्षमा युरोपबाट चीनमा लगानी लगभग ठप्प रहेको न्यूयोर्कमा रहेको वित्तीय विश्लेषण गर्ने रोडियम समूहले उल्लेख गरेको छ । अन्य कम्पनीहरुले चीनमा आफ्नो लगानी घटाएका छन् भने केही कम्पनीले चीनमा आफ्नो गतिविधि ठप्प पारेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ७ : २२ बजे

नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार

काठमाडौं– आँखा स्वास्थ्य क्षेत्रमा नेपालले पछिल्लो समय हाँसिल गरेको उपलब्धि

ग्रेस इन्टरनेशनलले सिड्नीमा ‘एजुकेसन एन्ड माइग्रेसन एक्स्पो’ आयोजना गर्ने

काठमाडौं – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २० वर्ष पूरा भएको

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन