अर्थतन्त्र सुधार्न सरकारले अनावश्यक खर्च घटाउनुपर्छ « Khabarhub

अर्थतन्त्र सुधार्न सरकारले अनावश्यक खर्च घटाउनुपर्छ


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

अर्थतन्त्रमा देखिएको सङ्कटको कारणले राज्य कोषदेखि जनताको चुलो सम्म प्रभाव पर्न थालिसक्यो भन्ने कुराहरू आइरहेका छन् । उता सरकारले आफ्नै कर्मचारीलाई तलब खुवाउन नसक्ने हो कि भन्ने चिन्ता पनि छ । अहिले साँच्चै नै देशको अर्थतन्त्रको अवस्था के हो त ? र यो अर्थतन्त्रलाई उकास्न के गर्नुपर्छ  ? यसै विषयमा आधारित रहेर त्रिभुवन विश्वविश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा. डा. शिवराज अधिकारीसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश-

अहिलेको नेपालको अर्थतन्त्रको अवस्था साँच्चै दयनीय हो ?

राज्य कोषमा घाटा कहिले हुँदैन । हामीलाई जति रेभिन्यु चाहिन्थ्यो त्यो किसिमले उठेन । राज्यको तर्फबाट गलत नीतिहरू आए । कोभिडको कारणले पनि अर्थतन्त्र कमजोर भयो । यो अर्थतन्त्रलाई करेक्सन गर्याे भने हामी कमजोर अवस्थामा छैनौँ । सामान्य समस्या जहिले पनि आइरहने हुन्छ । त्यसलाई रोक्ने नीतिहरू ल्याउनु पर्‍यो  । सरकारले तुरुन्त सशक्त नीति ल्यायो भने यो समस्या शून्यमा नै जान्छ । यसका लागि औद्योगिक क्षेत्र, बैंकिङ क्षेत्र पनि सकारात्मक भएर लाग्नुपर्‍यो ।

यो समस्या कसरी समाधान हुन्छ त ?

हामीसँग समस्या छन् । हामीले उत्पादन बढाउन सकेको छैनौँ । बैंकिङ र वित्तीय क्षेत्रमा पनि सहकार्य देखिँदैन । त्यसको लागि अहिले गर्नुपर्ने भनेको नयाँ तरिकाले चल्नुपर्छ । फाइनान्सियल क्षेत्र र रियल इस्टेटमा समस्या छ । मौद्रिक नीतिले पनि काम गरेन ।

तत्काल अर्थमन्त्रीले चाल्नु पर्ने कदम के हो ?

अर्थतन्त्रमा सोझो हिसाबमा अगाडि बढ्न सक्दैन । सरकारले तुरुन्त गर्नुपर्ने भनेको अनावश्यक खर्च घटाउने हो । काम गर्ने मान्छे चाहिएका हो अहिले, सुझाव दिने हैन । परिवर्तन चाहिएको हो ।

अहिलेको अवस्थामा सबै भन्दा उत्तम उपाय भनेको खर्च कटौती नै हो त ?

खर्च कटौती भनेको अनावश्यक क्षेत्रमा गएको खर्चलाई घटाउने भन्ने हो र उत्पादनमूलक क्षेत्रमा लगाउने हो । सरकारले राखेर मात्र काम हुँदैन । जस्तो: विदेश भ्रमण लगायतका कुरा घटाउनुपर्‍यो । अहिलेको अर्थमन्त्रीले राम्रो टिम बनाएर अगाडि जानुपर्छ ।

अब नयाँ बजेट बनाउदा के गर्ने ?

अहिलेको अर्थमन्त्रीले आफ्नो चुस्त दुरुस्त टिम बनाउनुपर्‍यो । सक्षम व्यक्ति राखेर टिम बनाउनुपर्‍यो ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  १ : ४० बजे

१४१ निवर्तमान सांसदको हस्ताक्षर लिएर कांग्रेस–एमाले आज सर्वोच्च जाँदै 

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनर्स्थापनाका लागि निवर्तमान

कांग्रेसले नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्नुपर्छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाललाई कुशासन र

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित