जुम्लामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु « Khabarhub

जुम्लामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु


२२ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– मुगुबाट जुम्लातर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार शनिबार साँझ कनकासुन्दरी गाउँपालिका-१, स्थित चौथामा क १ ज ००५४ नम्बरको बोलेरो जीप दुर्घटना भएको थियो ।  

दुर्घटनामा परी रुकुम पूर्वको उत्तरगङ्गा गाउँपालिका-१ स्थायी घर भई हाल जिल्लाको कनकासुन्दरी गाउँपालिकामा बस्दै आएका अन्दाजी ४२ वर्षीय सुरज पुन मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा घाइते भएका छ जनालाई कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्समार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर उपचार सुरु गरिएको छ । 

घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । उक्त जीपमा १६ जना यात्रु सवार रहेका जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । 
 

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  १२ : ११ बजे

चाडपर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ : प्रदेश प्रमुख देवकोटा

हेटौँडा– बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालीका मौलिक चाडपर्वले

सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध, थप नखसे भने छिट्टै सडक दुईतर्फी सञ्चालनमा आउने

चितवन– पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाँउपालिका-४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा

जुम्लामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

जुम्ला– मुगुबाट जुम्लातर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा एक

ढकमक्क फूलले ढाकियो धनकुटा

धनकुटा– धनकुटाका खेतबारी यतिबेला सयपत्री फूलले ढकमक्क छन् । पहेँलपुर र

सुनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।