अर्थतन्त्र सुधार्न सरकारले अनावश्यक खर्च घटाउनुपर्छ « Khabarhub

अर्थतन्त्र सुधार्न सरकारले अनावश्यक खर्च घटाउनुपर्छ


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

अर्थतन्त्रमा देखिएको सङ्कटको कारणले राज्य कोषदेखि जनताको चुलो सम्म प्रभाव पर्न थालिसक्यो भन्ने कुराहरू आइरहेका छन् । उता सरकारले आफ्नै कर्मचारीलाई तलब खुवाउन नसक्ने हो कि भन्ने चिन्ता पनि छ । अहिले साँच्चै नै देशको अर्थतन्त्रको अवस्था के हो त ? र यो अर्थतन्त्रलाई उकास्न के गर्नुपर्छ  ? यसै विषयमा आधारित रहेर त्रिभुवन विश्वविश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा. डा. शिवराज अधिकारीसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश-

अहिलेको नेपालको अर्थतन्त्रको अवस्था साँच्चै दयनीय हो ?

राज्य कोषमा घाटा कहिले हुँदैन । हामीलाई जति रेभिन्यु चाहिन्थ्यो त्यो किसिमले उठेन । राज्यको तर्फबाट गलत नीतिहरू आए । कोभिडको कारणले पनि अर्थतन्त्र कमजोर भयो । यो अर्थतन्त्रलाई करेक्सन गर्याे भने हामी कमजोर अवस्थामा छैनौँ । सामान्य समस्या जहिले पनि आइरहने हुन्छ । त्यसलाई रोक्ने नीतिहरू ल्याउनु पर्‍यो  । सरकारले तुरुन्त सशक्त नीति ल्यायो भने यो समस्या शून्यमा नै जान्छ । यसका लागि औद्योगिक क्षेत्र, बैंकिङ क्षेत्र पनि सकारात्मक भएर लाग्नुपर्‍यो ।

यो समस्या कसरी समाधान हुन्छ त ?

हामीसँग समस्या छन् । हामीले उत्पादन बढाउन सकेको छैनौँ । बैंकिङ र वित्तीय क्षेत्रमा पनि सहकार्य देखिँदैन । त्यसको लागि अहिले गर्नुपर्ने भनेको नयाँ तरिकाले चल्नुपर्छ । फाइनान्सियल क्षेत्र र रियल इस्टेटमा समस्या छ । मौद्रिक नीतिले पनि काम गरेन ।

तत्काल अर्थमन्त्रीले चाल्नु पर्ने कदम के हो ?

अर्थतन्त्रमा सोझो हिसाबमा अगाडि बढ्न सक्दैन । सरकारले तुरुन्त गर्नुपर्ने भनेको अनावश्यक खर्च घटाउने हो । काम गर्ने मान्छे चाहिएका हो अहिले, सुझाव दिने हैन । परिवर्तन चाहिएको हो ।

अहिलेको अवस्थामा सबै भन्दा उत्तम उपाय भनेको खर्च कटौती नै हो त ?

खर्च कटौती भनेको अनावश्यक क्षेत्रमा गएको खर्चलाई घटाउने भन्ने हो र उत्पादनमूलक क्षेत्रमा लगाउने हो । सरकारले राखेर मात्र काम हुँदैन । जस्तो: विदेश भ्रमण लगायतका कुरा घटाउनुपर्‍यो । अहिलेको अर्थमन्त्रीले राम्रो टिम बनाएर अगाडि जानुपर्छ ।

अब नयाँ बजेट बनाउदा के गर्ने ?

अहिलेको अर्थमन्त्रीले आफ्नो चुस्त दुरुस्त टिम बनाउनुपर्‍यो । सक्षम व्यक्ति राखेर टिम बनाउनुपर्‍यो ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  १ : ४० बजे

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगीकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी

अवकाशपछि कृषि उद्यम : पूर्व प्रधानाध्यापकको ७० रोपनीमा व्यावसायिक खेती

डडेल्धुरा– डडेल्धुरामा एक पूर्व प्रधानाध्यापकले व्यावसायिक कृषि व्यवसायमार्फत लाखौँ रुपैयाँको कारोबार

सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने

काठमाडौं– सरकारले संघीय संसद्मा सांसदहरूले उठाउने जनसरोकारका प्रश्न तथा समस्या

गणेश नेपालीको आत्मदाहबारे वीरको प्रष्टीकरण : सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँ

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेका गणेश नेपालीको निधनबारे वीर

गणेश नेपालीको मृत्युपछि महानगर र सरकारविरुद्ध प्रदर्शन

काठमाडौं– मुगुका गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन