तरकारी र फलफूलको मूल्य आज कति? « Khabarhub

तरकारी र फलफूलको मूल्य आज कति?


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १०० रुपैयाँ, अनार २२५ रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, अमला ११० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेँडा ५० रुपैयाँ, अदुवा ११० रुपैयाँ, रातो आलु २८ रुपैयाँ, सेतो आलु २५ रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ, कागती २२० रुपैयाँ, कुरीलो ३५० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ५० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, घिरौँला ५० रुपैयाँ, चमसूरको साग १०० रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ २८० रुपैयाँमा किनबेच भइरहेको छ भने तितो करेला ९० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, लोकल परवर ११० रुपैयाँ, न्यूरो ९० रुपैयाँ, भारतीय सुकेको प्याज ३० रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, पुदीना १५० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, फर्सी पाकेको ४० रुपैयाँ केजी कायम गरिएको छ ।

ब्रोकाउली ७० रुपैयाँ, भान्टा लाम्चो ३० रुपैयाँ, भिण्डी ११० रुपैयाँ केजी, मूला रातो ५० रुपैयाँ, रुख कटहर ७० रुपैयाँ, भुईँ कटहर १८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १७० रुपैयाँ, लौका ५० रुपैयाँ र हरियो धनियाँ ३० रुपैयाँ पाइने समितिले जनाएको छ ।

यसैगरी, ताजा छडी माछा २८० रुपैयाँ र बचुवा माछा २६० रुपैयाँ प्रतिकेजी पाइन्छ भने मंगुरी माछा ३०० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ८ : ३१ बजे

समस्याग्रस्त सहकारीका बचतकर्तालाई  विवरण अद्यावधिक गर्न आग्रह

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई

आईसीसी विश्वकप क्रिकेट लिग–२ : क्यानडाले बलिङ रोजेपछि नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा अहिले नेपालले र क्यानडा

चाडपर्व मनाउन फर्किनेको भीड, नाकामै डेंगु, एचआइभीलगायत छ रोगको जाँच गरिँदै

कञ्चनपुर– दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका

पहिरोले घेरिएको पाउद्धार : विस्थापितलाई गाउँ फर्किन अन्योल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका वीरबहादुर पाइजाको परिवार विगत १५

बुढीगण्डकी बाढीबाट चार जलविद्युत आयोजनामा क्षति

काठमाडौं– बुढीगण्डकी नदीमा आएको बाढीका कारण चार वटा जलविद्युत आयोजनाहरूमा भौतिक