प्रविधिको युद्धमा अमेरिकी जित | Khabarhub Khabarhub

प्रविधिको युद्धमा अमेरिकी जित

 चीन भन्दा अगाडि अमेरिका


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

संसारका महाशक्तिको लडाइँमा हार जितका आँकडा धेरै हुन सक्छन्। कूटनीति, अर्थ, खेलकुदको मैदान तथा विज्ञानको क्षेत्रमा त प्रतिस्पर्धा भइरहेकै छ। संसारका अधिक देशलाई प्रभाव जमाउँदै आफूलाई बलियो पुष्टि गर्ने होडबाजी पनि नचलेको होइन। यसरी होडबाजीका धेरै आयाम देखिए। सन् १९५० देखि अन्तरिक्ष यात्रा प्रतिस्पर्धा र साखको विषय बन्ने गरेको थियो।

सन् २००० मा विज्ञानका अन्य पाटा प्रतिष्ठान र साखका विषय बने। अहिलेको समय इन्टरनेट प्रविधि अर्थतन्त्र र माइक्रोचिप प्रतिस्पर्धाको मुख्य विषय बनेको छ। सूचनामा रहेको पकड नै शक्तिको मुख्य श्रोत बनेको २१ औं शताब्दीमा माइक्रोचिपको यो लडाइँमा अमेरिका धेरैमाथि रहेको छ। अमेरिकासँग चीन प्रत्येक पाइलामा हार्न थालेको छ।

पाँच सय अर्ब अमेरिकी डलरको सिलिकन भ्यालीको मुटु बनेको त्यो चिप सन् २०३० सम्ममा दुई गुना हुने अपेक्षा गरिएको छ। चीन आफै पनि ती चिप उत्पादन गर्न चाहन्छ। अमेरिका ती चिपको प्रविधि र जनशक्ति बेइजिङ पुगोस् भन्ने चाहँदैन। टफ्ट्स विश्वविद्यालयका एसोसीएट प्राध्यापक कृश मिलरका अनुसार एसिया प्यासिफिक क्षेत्रमा सैन्य प्रभाव जमाउन लागि परेका यी दुई देशबीचमा चिपको लडाइँको हरा जित पनि महत्त्वपूर्ण अर्थ बोक्नसक्छ।

सूचनामा रहेको पकड नै शक्तिको मुख्य श्रोत बनेको २१ औं शताब्दीमा माइक्रोचिपको यो लडाइँमा अमेरिका धेरैमाथि रहेको छ। अमेरिकासँग चीन प्रत्येक पाइलामा हार्न थालेको छ।

विगतमा यी लडाइँ जहाजको उत्पादन र मिसाइल उत्पादनमा केन्द्रित रहने भए नि अहिले ती प्रविधि र आर्टीफीसियल इन्टीलीजेन्समा पुगेको छ। यो नै अहिले सैन्य प्रविधिमा सबैभन्दा धेरै लागू भएको छ। अहिले सेमिकन्डक्टरको उत्पादन जटिल, विशेष र गहिरोसँग एकीकृत भएका छन्। आइफोनको डिजाइन अमेरिकामा हुन्छ। यो जापान, दक्षिण कोरिया र ताइवानमा बनाइन्छ। यो चीन र भारतमा भेला पारेर अन्यत्र पठाइन्छ। यी सबैले अहिले आइफोनमा धेरै लगानी गरेका छन्। यसले नै भविष्यमा अर्थतन्त्रमा धेरै ठूलो अर्थ राख्छ।

सेमी कन्डक्टरको आविष्कार नै अमेरिकामा भएको हो। तथापि सरकारले अनुदान दिएरै उत्पादन गरेका कारण पूर्वी एसिया अहिले नयाँ हब बनेको छ। शीत युद्धकालीन समयमा त्यस क्षेत्रमा रुस भन्दा बढी प्रभावी हुनका लागि त्यो नीति कमीयाव बनेको थियो। अहिले एसिया प्यासिफिक क्षेत्रमा चासो दिइरहेको चीनमाथि हाबी हुन पनि यो कामीयाव हुनसक्छ।

अहिलेको दौड सानो किसिमको उत्कृष्ट र प्रभावकारी चिप बनाउनका लागि हो। सानो विद्युतीय स्विच अन र अफ गरेर कति ट्रान्जिस्टरलाई सञ्चालन गर्ने भन्ने नै अहिलेको दौड हो।सिलिकन भ्यालीकै बेन एन्ड कम्पनीका पार्टनर जोय वाङ हरेक कुरा दुई गुणा गर्नका लागि सेमी कन्डक्टर उद्योगमा ठूलो चुनौती हो। ‘यसले हाम्रो फोनलाई छिटो, हाम्रो डिजिटल फोटो अर्काइभलाई ठूलो, हाम्रो डिभाइसलाई स्मार्ट बनाउने तथा हाम्रो सामाजिक सञ्जाललाई धनी बनाउँछ,’ उनी भन्छन्।

अहिलेको दौड सानो किसिमको उत्कृष्ट र प्रभावकारी चिप बनाउनका लागि हो। सानो विद्युतीय स्विच अन र अफ गरेर कति ट्रान्जिस्टरलाई सञ्चालन गर्ने भन्ने नै अहिलेको दौड हो।

सन् २०२२ को मध्यमा तीन नानोमिटर चिपको पास प्रडक्ट गर्ने पहिलो काम सामसुङले गरेको थियो। ताइवानको सेमी कन्डक्टर उत्पादन कम्पनी (टीएसएमसी)ले यसलाई पछ्यायो। एउटा कपालको रौं भन्दा पनि मसिना यी चीप एकदमै बलिया कम्प्युटर तथा इन्टरनेटमा प्रयोग हुन थाले। यसको माग सायद केही समयमा नै संसारमा अत्यधिक हुने छ।

संसारका धेरै जसो चिप अहिले ताइवानमा उत्पादन हुन्छन्। यसलाई ‘सिलिकन सिल्ड’ भन्ने गरिन्छ। पछिल्लो समय कम्प्युटर प्रविधि र इन्टरनेटमा नै शक्तिशाली देशले आफूलाई केन्द्रित गरेको समयमा यो नै सबै भन्दा बलियो हतियार हुनसक्ने छ।

गत अक्टोबरमा अमेरिकाले बनाएको नीति अनुसार चीप उत्पादनमा चीनलाई कुनै सहयोग रोकिने छ। आफ्ना उत्पादक र जनशक्तिलाई चीनलाई चिप उत्पादनमा सहयोगी भूमिकामा सामेल हुन बन्देज लगाएको छ। समुद्रपारबाट जनशक्ति र कच्चा पदार्थ भित्र्याउने गरेको चीनलाई यसले गम्भीर धक्का दिएको छ।

अमेरिकाको सहयात्री नेदरल्यान्ड्सको एएसएमल कम्पनीले कुल रेभुन्युको एक चौथाई चीनबाट प्राप्त गर्ने गरेको थियो। त्यसलाई यसले गुमाइसकेको छ। चीनमा रहेका चीप उत्पादनमा आबद्ध धेरै जनशक्ति अमेरिकी नागरिक वा अमेरिकामा शिक्षा लिएका छन्। उनीहरू टाढा हुने बित्तिकै चीनलाई ठूलो छक्का लागेको छ।

अक्टोबरमा अमेरिकाले बनाएको नीति अनुसार चीप उत्पादनमा चीनलाई कुनै सहयोग रोकिने छ। आफ्ना उत्पादक र जनशक्तिलाई चीनलाई चिप उत्पादनमा सहयोगी भूमिकामा सामेल हुन बन्देज लगाएको छ।

अहिले अमेरिका धेरै चिप बनाउन चाहन्छ। यसका लागि धेरै नै रकम आवश्यकता पर्छ। यसै कारण टिएसएमसीले अहिले अमेरिकामा पनि आफ्नो प्लान्ट तयार गरेको छ। अमेरिकाको सबैभन्दा ठूलो मेमोरी चिपको उत्पादक माइक्रोनका उत्पादन सुपर कम्प्युटर, सैन्य हार्डवेयर तथा अन्य कुनै डिभाइस र प्रोसेसरमा आवश्यक हुन्छ। यसले अबको १०० वर्षमा १०० बिलियनसम्म खर्च गर्ने भएको छ।

अहिले अमेरिकाले लगाएको यो प्रतिबन्ध नै सबै भन्दा स्मार्ट कदम हुनसक्छ। यसै कदमले हुवाई लगायत चिनियाँ कम्पनीलाई ठूलो धक्का लगाएको छ। यस भन्दा अघिका अमेरिकी कदम चीनको एउटा कम्पनीलाई लक्षित गर्दै गरिएका थिए। यो कदम भनेको एउटै निर्णयले सबै माथिको शक्तिशाली प्रहार बनेको छ।

चीनका अबका विकल्पका बारे अनुमान हुने थालेका छन्। अहिले विभिन्न किसिमको आर्थिक संकट भोगी रहेको चीनका लागि यो एउटा चुनौती थपिएको छ। अक्टोबरमा भएको चिनियाँ कम्युनिस्ट पार्टीको २० औं कांग्रेसमा राष्ट्रपति सी चिन फिङले प्राविधिक र वैज्ञानिक अनुसन्धानमा केन्द्रित गर्दै प्रविधि लडाइँमा जित हात पार्ने जनाए पनि त्यो सम्भावना न्यून देखिएको छ।

रुस र युक्रेन युद्धका कारण अर्थतन्त्रमा आएको असरका कारण धेरै कम्पनीले लगानी घटाएका छन्। परन्तु दीर्घकालीन रूपमा अबको युद्ध चिपको युद्ध हो। विस्तारै चीन कमजोर हुने र एक्लिने सम्भावना प्रबल बनेको छ। अन्य भू-राजनीतिक समीकरणले पनि चीनलाई यसरी सताएको छ कि नेदरल्यान्ड्सको अमेरिकी साथ यो लडाइँको मुख्य टर्निङ प्वाइन्ट बन्न सक्छ। सबै भन्दा ठूलो डच सेमिकन्डक्टर कम्पनी एएसएमएलले पनि चीनमा आपूर्ति कटौती गर्ने भएपछि चीनलाई गम्भीर धक्का लागेको हो।

अहिले चिनियाँ नीति आफ्नै देशमा चिप उत्पादन बढाउने भन्ने हो। तर, यसले मात्र लडाइँ जित्न सक्ने आधार देखिएको छैन। एक पटक लागेको त्यो दुई धक्कालाई पार गर्न नै चीनका लागि कठिन देखिएको छ।

यसरी आपूर्ति रोकिएका मध्य डिप अल्ट्राभ्वाइलेट मेसिन प्रमुख हो। एएसमएलको आर्थिक कारोबारमा यसले कुनै असर नगर्ने भएका कारण यो निर्णयमा हलचल नहुने समेत प्रस्ट भइसकेको छ। संसारका ४२ देशसँग पार्टनरसिप भएको नेदरल्यान्ड्स चिप व्यवसायको एउटा ठूलो शक्ति नै मानिन्छ।

अहिले चिनियाँ नीति आफ्नै देशमा चिप उत्पादन बढाउने भन्ने हो। तर, यसले मात्र लडाइँ जित्न सक्ने आधार देखिएको छैन। एक पटक लागेको त्यो दुई धक्कालाई पार गर्न नै चीनका लागि कठिन देखिएको छ। चिप र अन्य प्राविधिक विषयमा अमेरिकाका सहयोगी देशको यस्तो पकड छ कि त्यसमा केही टसमस हुने लक्षण नै छैन। प्रोसेसर चिप बनाउनका लागि एक हजार पाँच सय स्टेप आवश्यक पर्छ। यसमा आवश्यक प्रविधि र आपूर्तिमा अमेरिकासहित युरोपेली र जापानीका पकड छ।

सन् २०१४ मा चाइना नेसनल इन्टरग्रेटेड र्सक्युट इन्डस्ट्रीज इन्भेस्टमेन्ट फन्ड स्थापना भएको थियो। बिग फन्ड नामकरण गरिएको यसमार्फत् सयौँ कम्पनीमा २१ अर्ब डलर खर्च गरिएको थियो। सन् २०१९ मा बिग फन्ड २ को रूपमा ३० अर्ब अमेरिकी डलर लगानी गरिएको थियो। गएको जनवरीमा चिप उत्पादक कम्पनी हुवा होङ सेमी कन्डक्टरले पूर्वी चीनमा बनाइने प्लान्टमा १ सय ७५ अमेरिकी डलर लगानी गर्ने जनाएको थियो। मार्च महिनामा चिनियाँ सरकारले कर छुट गर्ने र अन्य सहयोग पनि चिप उत्पादनमा गर्ने जनाएको थियो।

प्रोसेसर चिप बनाउनका लागि एक हजार पाँच सय स्टेप आवश्यक पर्छ। यसमा आवश्यक प्रविधि र आपूर्तिमा अमेरिकासहित युरोपेली र जापानीका पकड छ।

यी सबै प्रयासमा बाबजुद जसरी, अमेरिकी जित पक्कका देखिएको छ। गएको ७० वर्ष यता भएका अन्तरिक्ष लडाइँ, खेलकुदको मैदान, भु–कूटनीती र संसारका धेरै देशमा पकड राख्ने सवालमा अमेरिकाका अगाडि अन्य सबै शक्ति कमजोर भए त्यसैगरी प्रविधिको लडाइँमा अमेरिका जितको नजिक पुगिसकेको छ। अक्टोबर महिनाको त्यो निर्णय अमेरिकी जित निश्चित गर्ने मुख्य आधार बनेको छ। स्रोत: भक्स, पीबीएस डटओआरजी, इम्प्याक्टर र बीबीसी

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ८ : ४० बजे

प्रधानमन्त्रीको तर्क- कांग्रेससँग संवादमा छु, संसदमा राष्ट्रपतिले बाेल्न पाउनु हुन्छ

चितवन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनमा नै संसद्को

मिरुनालाई पाउन दयाहाङलाई ‘घर ज्वाइँ’को विकल्प

काठमाडौं- अनिल बुढा मगरले निर्देशन गरेको फिल्म ‘घर ज्वाइँ’को टिजर

स्वदेशी मह चखाउन कर्णालीदेखि काठमाडौंसम्म !

काठमाडौं – ‘आउनुहोस्‌ ! शुद्ध मह चाख्नुहोस र लैजानुहोस्‌, हाम्रो

अल्पमतमा जसपा नेतृत्वको मधेस सरकार, अब लोसपा र जनमतसहितको अर्को गठबन्धन

जनकपुरधाम– मधेस सरकारबाट प्रमुख घटकहरू नेकपा एमाले र नेकपा माओवादी

रवि लामिछानेलाई प्रधानमन्त्रीको जवाफ : जीबी राईबारे कुतर्क नगर्नू

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न सरकारी संस्थाका बचतकर्ताको करोडौं