संसद् विघटन ठिक भन्ने ओलीसँग एकता हुँदैन : माधव नेपाल « Khabarhub

संसद् विघटन ठिक भन्ने ओलीसँग एकता हुँदैन : माधव नेपाल


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसद् विघटनको दाउमा रहेको आरोप लगाएका छन्।

बुधबार सुनसरीको इनरुवामा सञ्चारकर्मीसँग उनले ओली संसद् विघटन गरेरै मध्यावधि चुनावमा जाने दाउमा रहेको भन्दै त्यसो हुन नदिने बताएका हुन् । अध्यक्ष नेपालले संविधान मिच्ने कुरालाई आफूले समर्थन गर्न नसक्ने बताए।

नेता नेपालले ओलीप्रति लक्षित गर्दै भने, “एमालेभित्र अब अहिले प्रतिनिधिसभालाई फेरि पनि विघटन गर्न सकिन्छ। मध्यावधिको अवस्थामा जान सकिन्छ भन्ने सोच हामीले सुनेका छौँ। त्यो बाटोमा त हामी जान सक्दैनौँ। संविधान मिच्ने कुरालाई हामी समर्थन गर्न सक्दैनौँ।”

नेपालले मन र विचार मिल्नेहरुसँग एकताका लागि वहस र छलफल गर्न तयार रहे पनि एमालेसँग भने एकता सम्भव नरहेको बताए। उपाध्यक्ष मुकुन्द न्यौपानेलगायतका नेताहरुले पार्टी छाडेको बारे केही फरक नपर्ने बताए । ‘पार्टी छोड्नु र प्रवेश गर्नु नियमति प्रक्रिया हो ।’ उनले भने।

 

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  १२ : ४४ बजे

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा

कांग्रेस विशेष महाधिवेशन : प्रतिनिधिको नाम दर्ता आज पनि जारी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा