बर्खामा बाढीकै चिन्ता कुतियाकवरका बासिन्दालाई « Khabarhub

बर्खामा बाढीकै चिन्ता कुतियाकवरका बासिन्दालाई


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– तीनतिर जोगबुढा नदी र अर्कोतर्फ महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको बस्ती कुतियाकवर हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ । जोगबुडापारीको भारतसँग सिमाना जोडिएको सानो बस्ती कुतियाकवर सामान्य बाढीमा पनि डुब्छ । ‘बर्खा लाग्यो कि हामीलाई बाढीकै चिन्ता हुन्छ’, दोधारा चाँदनी नगरपालिका–१० का मायादेवी सुनारले भनिन् , ‘सामान्य झरी पर्दा पनि घरभित्र पस्न डर लाग्छ ।’ उनले बर्खा सुरु भएसँगै फेरि बाढीको चिन्ता हुन थालेको बताइन् ।

‘गतवर्ष बाढीले बेसार र तरकारीखेती पुरियो’, सुनारले भनिन्, ‘बाढीकै कारण यहाँबाट धेरै बसाइँ सरेर अन्यत्र गए ।’ यहाँ ४९ परिवारको बसोबास छ । अधिकांश युवा रोजगारीलाई भारत पसे । गाउँमा भएका तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्छन् । ‘हामीले यहाँ डरैडरमा बाँच्नु परेको छ ।’

स्थानीय वसन्ती सुनारले भनिन्, ‘हाम्रो बस्ती अन्यत्र सारिदिए राम्रो ।’ बाढीले यहाँको बिघौँ जग्गा बगरमा परिणत गरेको छ । भारतबाट ट्र्याक्टर नआउँदा गहु थे्रसिङ गर्न समस्या छ । ‘नेपालबाट ट्र्याक्टर आउन जोगबुडा नदी तरेर आउनुपर्छ, नदीमा पानी बढे पनि हाम्रो गाउँमा ट्र्याक्टर आउन सकेको छैन ।’ स्थानीय सरस्वती सुनारले भनिन्, ‘भारतबाट ट्र्याक्टर आउन दिँदैन नेपालबाट आउन नदीमा पानी बढेको छ ।’ उनले समयमा गहुँ भित्र्याउन नपाएको बताउँछिन् । 

यहाँ बेसार, तरकारी, धान, गहुँ र तोरीको उत्पादन राम्रो छ । बर्खामा बाढीले खेतमा नोक्सानी गर्ने गरेको छ भने हिउँदमा अन्न भित्र्याउन निकै समस्या झेल्नु पर्छ । स्थानीय टेकबहादुर सुनारले गहुँ थे्रसिङ गर्न नपाएको गुनासो गरे । ‘हामीले जहिल्यै त्रासमा जीवन बिताउनुपर्छ’, सुनारले भने, ‘बर्खा लागे बाढीको त्रास हिउँदमा अन्न भित्र्याउने चिन्ता ।’

उनले जोगबुडा र महाकाली दुवै नदीले कटान गरेर यहाँको बस्ती उच्च जोखिममा रहेको बताए। जोगबुढा नदीमा बाढीबाट बच्ने उपाय र खोज उद्धार लगायतका बारेमा समुदायस्तरमा नमुना अभ्यास प्रदर्शन गरिएको छ ।

 बाढीको उच्च जोखिम रहेको बस्तीमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म देवीस्थान दोधारा चाँदनीले बाढीबाट बच्ने उपाय र खोज उद्धार नमुना अभ्यास प्रदर्शन गरेको छ । सीमा सुरक्षा गुल्म देवीस्थानको तालिम प्राप्त टोलीले बिदाको बेला घर वरपरका सरसामान प्रयोग गरेर बाढीबाट बच्न सक्ने जनाउँदै जोगबुढा नदीमा नमुना अभ्याससमेत प्रदर्शन गरेको हो । बाढीबाट जोखिमयुक्त क्षेत्रका स्थानीयमा जनचेतना फैलाउने उद्देश्यले तालिम प्राप्त टोलीद्वारा नमुना अभ्यास गराइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । 

दोधारा चाँदनी नगरपािलकाका नगर प्रमुख किशोर लिम्बूले बाढीबाट बच्न सशस्त्र प्रहरीले प्रदर्शनबाट स्थानीयवासीले  सिक्ने अवसर पाएको बताए । ‘नमुना अभ्यासबाट यहाँका स्थानीयलाई धेरै कुरा थाहा भयो’, उनले भने –’यसले विपद्को बेला आफू कसरी बच्न सकिन्छ जानकारी पाएका छन् ।’

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  १२ : ५१ बजे

लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणको प्रभावकारी कार्यान्वयनमा जोड

काठमाडौं– लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणका क्रियाकलापको कार्यान्वयनमा स्थानीय

२९ देशहरूद्वारा विश्व एआई सहयोग सङ्गठनको स्थापना सम्झौतामा हस्ताक्षर

साङ्घाई– विश्वका २९ वटा देशहरूले साङ्घाईमा विश्व कृत्रिम बुद्धिमत्ता (एआई)

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु– जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले अब

ओलीको गुनासो : एमालेलाई अझै एक्ल्याउन खोजिँदैछ, सरकार गोयबल्स शैलीमा अघि बढ्यो

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वालेन्द्र

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान– सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद् प्रतिकार्य तयारीलाई