पठानको बक्स अफिस र ओटीटीमा दबदबा « Khabarhub

पठानको बक्स अफिस र ओटीटीमा दबदबा


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

मुम्बई – शाहरुख खानको पठानले बक्स अफिसमा मात्रै होइन ओटीटीमा पनि दबदबा बनाएको छ । पठानको चर्चा विश्वभर भैरहेको छ । योसँगै फिल्मसँग सम्बन्धित एक्सन दृश्यहरू पनि फ्यानहरूमा व्याप्त छन् ।

यसैबीच पठानको भिएफएक्सको भिडियो सार्वजनिक भएको छ, जसमा सलमान खान र शाहरुख खानको एक्सन सिन कसरी खिचिएको छ भन्ने फिल्मका निर्माताले एक झलक देखाएका छन्, जसलाई देखेर फ्यान पनि तारिफ नगरी रहन सकेनन् ।

पठान भिएफएक्स ब्रेकडाउन भिडियो हालै एफएक्स स्टुडियोले सेयर गरेको छ, जसमा फिल्मका सबै एक्सन दृश्यहरू कसरी खिचिएका छन्। यसका झलक देखिएका छन् । भिडियोमा वाटर सिक्वेन्सदेखि लिएर सलमान–शाहरुखको ट्रेन फाइटको दृश्य देख्न सकिन्छ । यसैक्रममा यो भिडियोमा क्लाइमेक्सको झलक पनि देख्न सकिन्छ । यो पुरा भिडियो हेरेपछि फ्यानहरुले पनि प्रतिक्रिया दिइरहेका छन् ।

भिडियोमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘मैले सोचेकै थिइनँ कि पानीमुनिको दृश्य भीएफएक्सले खिचिएको हो । त्यो उत्कृष्ट छ।’ बलिउडमा भिएफएक्सको हिसाबले अगाडि बढिरहेको छ । अर्को प्रयोगकर्ताले लेखेका छन्, ‘उत्कृष्ट, फिल्ममा केही दृश्यहरू साँच्चै वास्तविक देखिन्छन्। राम्रो भिएफएक्स दृश्य। यससँगै फ्यानहरूले टाइगर ३ र वार २ हेर्नको लागि उत्सुकता पनि व्यक्त गरेका छन् ।

पठानले बक्स अफिसमा १०५० करोडभन्दा बढी कमाएका छन् । योसँगै यो बक्स अफिसमा ब्लकबस्टर साबित भएको छ । जबकि ओटीटी प्लेटफर्मले प्राइम भिडियोलाई हल्लाइरहेको छ । योसँगै फिल्मको कमाइ पनि हलमा देखिन थालेको छ । वर्कफ्रन्टको कुरा गर्ने हो भने, शाहरुख खानको जवान र डंकी २०२३ मा रिलिज हुँदैछ, जसको सामाजिक सञ्जालमा पनि चर्चा भइरहेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  १ : ०१ बजे

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर

१५ वर्षपछि फर्किँदै ‘द डर्टी पिक्चर’, यसपटक कसको जीवनमा बन्नेछ कथा ?

बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको