वास्तविक मिटरब्याजी सरकार हो : ज्ञानेन्द्र शाही « Khabarhub

वास्तविक मिटरब्याजी सरकार हो : ज्ञानेन्द्र शाही


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले वास्तविक मिटरब्याजी सरकार रहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सरकारले पैसा थुपारेर ब्याज खाइरहेकाले वास्तविक मिटरब्याजी सरकार रहेको बताएका हुन् । 

‘जुम्लालगायतका कर्णालीका निर्माण व्यवसायीहरू झुन्डिन तयार छन् । सरकारले मिटरब्याजीलाई कारबाही गर्छु भनिरहेको छ । वास्तविक मिटरब्याजी यो सरकार हो,’ उनले भने, ‘यसको डाटा छ, सरकारले अहिले फिक्स डिपोजिट मात्र २ खर्ब ११ अर्ब रुपैयाँ गरेको छ । निर्माण व्यवसायीलगायतलाई नदिएर सरकारले ३ खर्ब ६२ अर्ब ७७ करोड सरकारी खातामा बचत गरेको ब्याज खाइरहेको छ ।’

ब्याज तिर्न नसकेर एक सयजना व्यवसायी मृत्युवरण गर्नुपरेको भन्दै उनले सरकारले ८.५ प्रतिशत ब्याज खाइरहेको आरोप लगाए । ‘म भन्न चाहन्छु, वास्तविक मिटरब्याजी सरकार हो,’ उनले भने ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  १ : ५२ बजे

निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : चन्द्र ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै

केपी ओलीलाई बालेनले घेर्दा अरू शीर्ष नेता कति सुरक्षित ?

काठमाडौं- गत भदौ २३ र २४ गते युवा पुस्ताले गरेको

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै