एमालेलाई संविधान विरोधी भनेर प्रचार भइरहेको छ : महासचिव पोखरेल | Khabarhub Khabarhub

एमालेलाई संविधान विरोधी भनेर प्रचार भइरहेको छ : महासचिव पोखरेल


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधान नै नमान्नेहरुसंग सहकार्य गर्नेहरूले एमालेलाई संविधान विरोधी भनेर प्रचार गर्ने काम गरिरहेको बताएका छन् । बुधबार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पोखरेलले संसद् विघटनलाई लिएर संविधान नमान्ने भन्दै हस्ताक्षर गर्नेहरूसँग सहकार्य गर्ने पार्टीहरूले एमालेलाई संविधान विरोधी भनेर प्रचार गर्ने काम गरिरहेको बताएका हुन् ।

उनले क्रान्तिकारीका लागि संविधान अगाडि बढ्ने बाटो मात्रै भएको भन्दै संविधान बदल्न नमिल्ने चिज नभएको जिकिर गरे  । उनले मुलुकलाई अघि बढाउन बाधा अवरोध सिर्जना भए संविधान बदल्न सकिने धारणा राखे । अहिले नेपालको राष्ट्रिय राजनीतिमा एमाले र कांग्रेस मात्रै मुख्य दल भएको जनताले प्रमाणित गरेको अवस्थामा एमाले मात्रै समग्र बामपन्थीको मुख्य शक्ति भएको उनले बताए । 

पोखरेलले परमादेशबाट एमालेको सरकार हटाएपछि मुलुक अत्यन्तै अप्ठेरो अवस्थामा पुगेको र अदालतको विश्वसनीयता पनि कम हुँदै गएको बताए । उनले आफ्नो सौदाबाजीको माध्यम अदालतलाई बनाउने नियत स्पष्ट देखिएको आरोप लगाए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका ललितपुर जिल्ला सचिव सचिव सुदर्शन मिश्र लगायतका नेताहरूलाई एमाले महासचिव पोखरेलले पार्टीमा स्वागत गरेका थिए ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  २ : ११ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई