प्रतिनिधिसभा बैठक : सवारी दुर्घटनादेखि गोर्खा आन्दोलनसम्म बहस | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठक : सवारी दुर्घटनादेखि गोर्खा आन्दोलनसम्म बहस


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बैतडीमा भएको सवारी दुर्घटना, मिटर ब्याज, स्मार्ट टेलिकमको नवीकरण र समान पेन्सनका लागि गोर्खा सैनिकद्वारा भइरहेको आन्दोलनबारे सदनमार्फत सरकारको ध्यानाकर्षण गरिएको छ । 

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिँदै सांसद भानुभक्त जोशी भारतका विभिन्न स्थानमा श्रम गरी जन्मथलो बझाङ फर्कने क्रममा बैतडीमा भएको सवारी दुर्घटनामा छ जना मृत्यु हुनका साथै पाँचजना घाइते भएको जानकारी दिए । उनले दुर्घटनामा परेका परिवारजनले घाइतेको उपचार र क्षतिपूर्तिको माग गर्दै सडक अवरुद्ध गरेकाले समस्याको समाधानका लागि उचित पहल गर्न गृहमन्त्रालयको ध्यानाकर्षण गराए । 

सांसद ज्ञानबहादुर शाहीले जुम्लासहित कर्णाली प्रदेशमा ठूलो सङ्ख्यामा मानिसहरु मिटर ब्याजको चपेटामा परेकोबारे सदनको ध्यानाकर्षण गराए। उनले भने, ‘वास्तविक मिटर ब्याजीको काम  सरकारले नै गरिरहेको छ, विकाससहित पूर्वाधार निर्माणमा लगाउनुपर्ने पैसा सरकारी खातामा राखेर ब्याज खाइरहेको छ, सरकारको ब्याज खाने कार्यले विकास निर्माणका ठप्प भएको र ठेकेदारले रकम निकासा पाउन नसकेको अवस्था छ ।’

सांसद पदम गिरीले  सरकारले स्मार्ट टेलिकम प्रालिलाई नवीकरण शुल्क नलिइ  २५ वर्षका लागि अनुमति  दिन लागेको सूचना प्राप्त भएकाले त्यसलाई रोक्न आवश्यक रहेको बताए। उनले भने, ‘उक्त कम्पनीले पहिलेको पाँच अर्ब भुक्तान गर्न बाँकी रहेको तथा अहिले नवीकरण दस्तुर २३ अर्ब तिनुपर्नेमा मन्त्रिपरिषद्ले त्यसमा भारी छुट दिएर नवीकरण गर्न लागेको भन्ने सूचना प्राप्त भएको छ । यो कार्य  नीतिगत भ्रष्टाचार भएकाले रोकिनुपर्छ ।’

सांसद मानवीर राईले जीवनको महत्वपूर्ण ऊर्जाशील समय बेलायतका लागि लडेका गोर्खा सैनिक समान पेन्सनका लागि आन्दोलन गरिरहेकाले उनीहरूको माग मुद्दाको पक्षमा उभिन सरकारसँग माग गरे। उनले भने, ‘समान पेन्सनका लागि गोर्खा सैनिक आन्दोलनमा रहेकाले आगामी हुने वार्तामा अन्यायमा परेका आफ्ना नागरिकको पक्षमा बेलायतसँग गम्भीरताकासाथ प्रस्तुत हुन आवश्यक छ ।’

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  २ : १८ बजे

कर्णाली सरकारलाई निजामती कर्मचारीको नीति, कार्यक्रम लक्षित सुझाव (पूर्ण पाठसहित)

सुर्खेत– कर्णाली प्रदेशको नीति तथा कार्यक्रम र बजेटमा आउन लाग्दा

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित

काठमाडौं – आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले पेश

आव ०८२/८३ को बजेटमा नेप्सेको संरचनागत सुधार गरिने

काठमाडौं–आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले नेपाल स्टक एक्सचेञ्ज

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सकियो

चितवन- भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा शुरु गरिएको भूमिगत विद्युतीकरणको काम

यस्तो छ आगामी बजेटका सिद्धान्त र प्राथमिकता (प्रतिवेदनसहित)

काठमाडौं – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्‌मा