ट्रम्पकाे व्यङ्ग्य -‘म्याक्रोँले सीको नितम्ब चुमे’ | Khabarhub Khabarhub

ट्रम्पकाे व्यङ्ग्य -‘म्याक्रोँले सीको नितम्ब चुमे’


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले चिनियाँ राष्ट्रपति सी चिनफिङको नितम्बमा चुम्बन गरेको टिप्पणी गरेका छन् । फ्रान्सेली राष्ट्रपतिको हालैको चीन भ्रमण र त्यहाँ रहँदा उनले आफ्ना चिनियाँ समकक्षीसँग गरेको भेटवार्तालाई लिएर पूर्वराष्ट्रपति ट्रम्पले यसरी व्यङ्ग्य गरेका हुन् ।

आफूमाथि फौजदारी अभियोग लागेपछि पहिलो पटक मुख्यधारको मिडिया फक्स न्यूजसँगको एक अन्तर्वार्तामा रिपब्लिकन पार्टीका सम्भावित राष्ट्रपति पदका उम्मेदवार पूर्वअमेरिकी राष्ट्रपतिले ‘म्याक्रोँ आफ्नो मित्र भए पनि उहाँले चीनलाई साथ दिनुभएको छ, उहाँले सीको नितम्ब चुम्बन गर्नुभएको छ, ठिकै छ । फ्रान्स अब चीनको समर्थक भएको छ,’ फ्रान्सेली राष्ट्रपतिको अमेरिकी नीतिमा युरोपेली मुलुकहरू आबद्ध हुन नहुने अभिव्यक्तिप्रति कटाक्ष गर्दै भने । आफू ह्वाइट हाउसबाट बाहिरिएपछि अमेरिकाले संसारबाट आफ्नो प्रभाव गुमाएको पनि उनले बताए ।

चीन भ्रमणबारे पत्रकारहरूसँगको कुराकानीमा राष्ट्रपति म्याक्रोँले ताइवानको विषयलाई लिएर बेइजिङ र वासिङ्टनबीचको द्वन्द्वमा युरोपेली देशहरू फस्न नहुने बताएका थिए । गत साता चीनको राजकीय भ्रमणपछि सार्वजनिक भएको उनको यो अभिव्यक्तिको विश्वभर चर्चा परिचर्चा भइरहेको छ ।

आफ्नै संविधान र सरकार भएको ताइवान एक स्वशासित टापु हो । चीनले यसलाई आफूबाट अलग भएको आफ्नै प्रान्तका रूपमा लिएको छ चीनले स्वायत्त टापु ताइवानलाई आवश्यक परे बल प्रयोग गरेर मुख्य भूमिमा विलय गर्नसक्ने चेतावनी दिँदै आएको छ भने राष्ट्रको ‘एक चीन’ सिद्धान्तअनुसार कुनै पनि देशले चीन र ताइवान दुवैसँग आधिकारिक कूटनीतिक सम्बन्ध कायम गर्न नसक्ने बताउँदै आएको छ । अमेरिकाले ताइवानलाई आफ्नो रक्षाका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको छ ।

यसैबीच, फ्रान्सेली राष्ट्रपति म्याक्रोँको ताइवानलाई लिएर युरोपले अमेरिकी नीतिको अनुसरण गर्न नहुने अप्रत्याशित सुझावलाई चीनमा यो सता ‘उज्ज्वल निर्णय’ को रूपमा स्वागत गरिएको छ । चिनियाँ सञ्चारमाध्यम र समाचार र सामाजिक सञ्जालमा उनका स्वतन्त्रत अभिव्यक्तिको प्रशंसा गरिएको छ । उनको ‘रणनीतिक स्वायत्तता’लाई चिनियाँ सञ्चारमाध्यमले उच्च प्राथमिकता दिएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा सञ्चालित ग्लोबल टाइम्सले सोमबार प्रकाशित गरेको एक टिप्पणीमा राष्ट्रपति म्याक्रोँको स्पष्ट एवम् दीर्घकालीन सोच, वस्तुनिष्ठ एवम् तर्कसङ्गत अभिव्यक्ति युरोपको हितमा रहेको बताएको छ । उनको त्यो अभिव्यक्तिलाई युरोपेलीहरूको वास्तविक आवाजका चित्रण गरिएको छ । ‘युरोपेली सङ्घको रणनीतिक स्वायत्तता र नयाँ शीतयुद्धको प्रतिरोध गर्ने राष्ट्रपतिको भनाई भविष्यमा एक उत्कृष्ट निर्णय साबित हुनेछ,’ टिप्पणीमा भनिएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ५ : ०७ बजे

ट्रम्प ह्वाइट हाउसमा फर्कनुअघि अन्तर्राष्ट्रिय विद्यार्थीलाई चाँडै फर्कन विश्वविद्यालयको आग्रह

वासिङ्टन– अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्कने तयारीमा

विपिनको छलाङ – अहेबदेखि भर्सटायल नायकसम्म !

काठमाडौं – सायद कमै फिल्मकर्मी भेटिएलान्, जो विपिन कार्कीलाई ‘भर्सटायल’

कालीगण्डकी मत्स्य ह्याचरीद्वारा यस वर्ष आठ लाख भुरा उत्पादन

वालिङ– स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीस्थित कालीगण्डकी मत्स्य ह्याचरीले यस वर्ष

नारायणी अस्पतालका बिग्रिएका उपकरण आविष्कार केन्द्रले मर्मत गरिदिने

वीरगञ्ज– वीरगञ्जस्थित नारायणी अस्पतालमा बिग्रिएर वर्षौँदेखि प्रयोगमा नआई थन्किएका उपकरण

माघेसङ्क्रान्तिका लागि सख्खर र तिलको जोहो

महोत्तरी– तिलासक्रायत (माघेसङ्क्रान्ति) पर्व दुई साताभन्दा बढी बाँकी छँदै महोत्तरीसहित