२ करोड प्रकरण : रास्वपा सभापति लामिछानेद्वारा सांसद ढाकाकुमार श्रेष्ठसँग छलफल « Khabarhub

२ करोड प्रकरण : रास्वपा सभापति लामिछानेद्वारा सांसद ढाकाकुमार श्रेष्ठसँग छलफल


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठसँग विवादास्पद अडिओका विषयमा छलफल गरेका छन् ।

मन्त्री बन्न कोर टिमलाई दुई करोड बुझाउनुपर्ने भन्दै श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको टेलिफोन संवादको अडिओ सार्वजनिक भएसँगै विवाद उत्पन्न भएको छ । आफूले प्रसाईँसँग पैसा मागेको विषयलाई सांसद श्रेष्ठले इन्कार गरेका छन् ।

सोही विषयमा रास्वपाको अनुशासन तथा आचरण समितिले अध्ययन गरेर सभापति लामिछानेलाई मंगलबार बुझाइसकेको छ । यसबारे निर्णय लिन बुधबार बोलाइएको केन्द्रीय समिति बैठकअघि सभापति लामिछानेले श्रेष्ठसँग छलफल गरेका हुन् ।

सभापति रवि लामिछाने र उपसभापति डोरप्रसाद अर्यालले सांसद डा. श्रेष्ठसँग छलफल गरेका हुन् । आफूलाई कारबाही गरिए कोर टिमबारे सार्वजनिक गर्ने सांसद श्रेष्ठले चेतावनी दिएको भन्दै समाचार आइरहेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ४ : २८ बजे

पचास जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर

काठमडौं– नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा

कांग्रेसको १५औँ महाधिवेशन असोजमा

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय

नयाँ जनादेश आउँदासमेत दुबै संसद् भवन अलपत्र, सरकारले तिरेन सम्मेलन केन्द्रको भाडा 

परम्परागत चलन अनुसार बुधबार ज्येष्ठ प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले पद