गण्डकी प्रदेश सरकारको नेतृत्व आलोपालो हुनसक्ने  « Khabarhub

गण्डकी प्रदेश सरकारको नेतृत्व आलोपालो हुनसक्ने 


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

गोरखा– नेपाली कांग्रेस गण्डकी प्रदेशसभाका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सरकारको नेतृत्व आलोपालो हुनसक्ने बताएका छन्  । 

नेपाली कांग्रेस गोरखाले आज बिहान यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता पाण्डेले अन्य प्रदेशमा जस्तै गण्डकी प्रदेशमा पनि कांग्रेस र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्न सक्ने बताए ।

‘अहिले प्रदेश सरकारको नेतृत्व आलोपालो भन्ने कुरा आएको छ’, नेता पाण्डेले भने, ‘गण्डकी प्रदेशमा मात्र होइन सातवटै प्रदेशमा आलोपालो सरकारको नेतृत्व हुनसक्छ ।’ नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्रीका दाबेदारसमेत रहेका नेता पाण्डेले प्रदेशको निर्वाचनको चुनाव लड्ने क्रममा नै आफूले मुख्यमन्त्रीका लागि गृहकार्य गरेको बताए । 

‘प्रदेश सरकारको नेतृत्वको सन्दर्भमा सबै कुराको टुंगो प्रदेशमा पनि लाग्दैन’, उनले भने, ‘यी विषय शीर्ष नेताका बीचमा छलफल भएर केन्द्रीय तहमै टुंगो लाग्ने कुरा पनि हुन् ।’

नेकपा (एमाले)को नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारलाई नेकपा (माओवादी केन्द्र)ले दिएको समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा रहेकाले मुख्यमन्त्री खगराज अधिकारी सरकार बसिरहनु उचित नहुने उनको भनाइ छ । 

‘हामीले सरकार अल्पमतमा परिसक्यो, अल्पमतको सरकारमा बसिरहनु स्वाभिमान देखिँदैन भन्दा पनि उहाँ सरकारमा बसिरहनुभएको छ’, नेता पाण्डेले भने, अब बहुमत पाउने सम्भावना नभएकाले उचित निकास लागि दिनका लागि पनि सुझाव दिइसकेका छौँ ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ५ : १७ बजे

कङ्गोमा इबोला सङ्क्रमण तिव्र, ६४८ जनाको मृत्यु

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोका स्वास्थ्य अधिकारीहरूका अनुसार शनिबार इबोला प्रकोपका

इरानमाथि प्रहार गर्न हजार क्षेप्यास्त्र तयार रहेको ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्की दिँदै

काठमाडौंको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास

काठमाडौं– काठमाडौंको बुद्धनगरमा शनिबार बिहान एक जनाले आत्मदाहको प्रयास गरेका

बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी,

ट्रमा सेन्टरको क्षमता बढाउने बागमती सरकारको घोषणा

काठमाडौं– बागमती प्रदेश सरकारले सवारी दुर्घटनापछि घाइतेको उपचारलाई सहज बनाउन