चलचित्र ‘कैदीको पत्र’को ट्रेलर सार्वजनिक « Khabarhub

चलचित्र ‘कैदीको पत्र’को ट्रेलर सार्वजनिक


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली चलचित्र ‘कैदीको पत्र’को ट्रेलर सार्वजनिक भएको छ। आगामी १५ वैशाखबाट देशभर रिलिज हुने यो चलचित्रको ट्रेलर युट्युब मार्फत सार्वजनिक भएको हो। सम्पूर्ण छायांकन स्कटल्याण्डमा भएको यो चलचित्रलाई सनम कुमार वैरागीले निर्देशन गरेका हुन्। चलचित्रको दुई मिनेट ४७ सेकेण्ड लामो ट्रेलरमा एक युवक, उसको वरपर सम्बन्धित हुने  व्यक्तिहरू र प्रेम सम्बन्धमा आउने उतार चढावलाई चित्रण गरिएको छ।

प्रेम र रोमान्सको कथामा बनेको फिल्मले जीवनमा पाएको खुसीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाइलाई चित्रण गरेको निर्देशक वैरागीले बताए। यो चलचित्रमा समावेश सबै गीतमा शब्द, चलचित्रको पटकथा तथा संवाद पनि निर्देशक वैरागीले नै तयार पारेका हुन्। साहित्यकार स्व। ईश्वर मानन्धरले लेखेको कथा ‘ुकैदीको पत्र’मा आधारित रही यो चलचित्र बनाइएको हो।

यस चलचित्रमा कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, विजेता श्रेष्ठ, फौस्तास तलग्का, लारेनवेस्टबरी, तपस्या शिवाकोटी लगायतका नेपाली तथा ब्रिटिश कलाकारको अभिनय छ । 

दिल घले, नानी वैरागी, कैलाश बिश्वकर्माहिराल जोशी निर्माता हुन् । रामशरण कोइरालाको मुख्य सहायक निर्देशन, रामेश्वर कार्कीको छायांकन, अर्जुन जीसीको सम्पादन र यासिन एनचौबीको रंग संयोजन छ ।

सुरेश सेन्चुरी र विनम्र कर्माचार्यको संगीत रहेको चलचित्रमा प्रताप दास, अन्जु पन्त, सागर आले, प्रविशा अधिकारी, शुभानी मोक्तान र अभिषेक कार्कीको स्वर रहेको छ। चलचित्रको मार्केटिङ श्रीत फिल्म्स एण्ड इन्टरटेनमेन्टले गरेको छ भने काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछन्।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ६ : ५० बजे

२० दललाई भाग मिलाउँदा मैदानभरी नअट्ने बन्यो, नेताहरू भन्छन् : बहुमत ल्याउने हाम्रै दलले हो

काठमाडौं– विभिन्न २० घटक मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले

निर्वाचनको स्वार्थमा भएको एकताको कुनै अर्थ हुँदैन : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन र पदको

डिम्ब बिक्री प्रकरणमा विवादित महान्यायाधिवक्ताले फिर्ता लिइन् रविविरुद्धका दुई गम्भीर मुद्दा

काठमाडौं– किशोरीहरूका डिम्ब बिक्री प्रकरणमा मुछिएकी छोरीलाई जोगाउन निर्णय गरेकी

शेरबहादुरका ‘लाचार छाया’ पूर्णबहादुर : रुपान्तरणको अवसर गुमाएर कांग्रेस विभाजन

काठमाडौं– भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनको स्पष्ट सन्देश

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन चुनौतीपूर्ण

पाटन– सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझैपनि चुनौतीपूर्ण रहेको सरोकारवालाले बताएका