वैदेशिक वस्तु तथा सेवा व्यापार घाटाको वृद्धिदर ऋणात्मक : राष्ट्र बैंक | Khabarhub Khabarhub

वैदेशिक वस्तु तथा सेवा व्यापार घाटाको वृद्धिदर ऋणात्मक : राष्ट्र बैंक


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९-८०को फागुन सम्ममा वैदेशिक वस्तु तथा सेवा व्यापार घाटाको वृद्धिदर ऋणात्मक रहेको जनाएको छ । 

केन्द्रीय बैंकले देशको वर्तमान आर्थिक तथा वित्तिय स्थिति बारे एक प्रेस विज्ञप्ति जारी गर्दै वैदेशिक व्यापारमा आयात, निर्यात र व्यापार घाटाको वृद्धिदर ऋणात्मक रहेको जनाएको हो ।  

आव २०७९-८० को ८ महिनामा कुल निर्यात वस्तु २९.१० प्रतिशतले कमी भएर १०४ अर्ब ८० करोड कायम भएको बैंकले जनाएको छ । अघिल्लो वर्षको भने सोही अवधिमा ८२.९० प्रतिशतले निर्यात वृद्धि भएको थियो । त्यस्तै, कुल वस्तु आयातमा १९.१० प्रतिशतले कमी आएर १०५८ अर्ब ३९ करोड कायम भएको छ । बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा ३८.६० प्रतिशतले आयात बढेको थियो । समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १७.९० प्रतिशतले घटेर ९५३ अर्ब ५९ करोड कायम भएको हो । साथै अघिल्लो वर्षको सोही अवधिमा ३४.५० प्रतिशतले बढेको थियो ।

यसैगरी वैदेशिक सेवा व्यापारको घाटामा पनि सुधार भएको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा खुद सेवा आय ४९ अर्ब ८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ६६ अर्ब २५ करोडले घाटामा रहेको थियो ।

बैंकले सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९८.६० प्रतिशतले वृद्धि भई ३७ अर्ब १२ करोड पुगेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा आय १८ अर्ब ७० करोड रहेको थियो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ५०.७० प्रतिशतले वृद्धि भई ७६ अर्ब १२ करोड पुगेको हो ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ७ : ११ बजे

कृषिमा पकेट क्षेत्र तोकिएसँगै तिलोत्तमाका कृषक लाभान्वित

तिलोत्तमा– तिलोत्तमा-१४ का कृषक नरिश्वर सापकोटा पहिले करिब पाँच बिघामा

मनसुनजन्य विपदबाट तनहुँमा ६६ हजार नागरिक प्रभावित हुने अनुमान

दमौली– मनसुनजन्य विपद्बाट यस वर्ष तनहुँमा ६६ हजारभन्दा बढी नागरिक

हिमनदी पग्लिँदै गए हुनसक्छ ठुलो ज्वालामुखी विस्फोट : अध्ययन

काठमाडौं– विश्वभरका हिमनदी पग्लिएपछि ज्वालामुखी विस्फोटको डर बढ्दै गएको छ

त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेसलिष्ट पारित

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा

सर्बिया र ग्रीस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया र ग्रीस पठाइदिन्छु रकम