वैदेशिक वस्तु तथा सेवा व्यापार घाटाको वृद्धिदर ऋणात्मक : राष्ट्र बैंक « Khabarhub

वैदेशिक वस्तु तथा सेवा व्यापार घाटाको वृद्धिदर ऋणात्मक : राष्ट्र बैंक


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९-८०को फागुन सम्ममा वैदेशिक वस्तु तथा सेवा व्यापार घाटाको वृद्धिदर ऋणात्मक रहेको जनाएको छ । 

केन्द्रीय बैंकले देशको वर्तमान आर्थिक तथा वित्तिय स्थिति बारे एक प्रेस विज्ञप्ति जारी गर्दै वैदेशिक व्यापारमा आयात, निर्यात र व्यापार घाटाको वृद्धिदर ऋणात्मक रहेको जनाएको हो ।  

आव २०७९-८० को ८ महिनामा कुल निर्यात वस्तु २९.१० प्रतिशतले कमी भएर १०४ अर्ब ८० करोड कायम भएको बैंकले जनाएको छ । अघिल्लो वर्षको भने सोही अवधिमा ८२.९० प्रतिशतले निर्यात वृद्धि भएको थियो । त्यस्तै, कुल वस्तु आयातमा १९.१० प्रतिशतले कमी आएर १०५८ अर्ब ३९ करोड कायम भएको छ । बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा ३८.६० प्रतिशतले आयात बढेको थियो । समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १७.९० प्रतिशतले घटेर ९५३ अर्ब ५९ करोड कायम भएको हो । साथै अघिल्लो वर्षको सोही अवधिमा ३४.५० प्रतिशतले बढेको थियो ।

यसैगरी वैदेशिक सेवा व्यापारको घाटामा पनि सुधार भएको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा खुद सेवा आय ४९ अर्ब ८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ६६ अर्ब २५ करोडले घाटामा रहेको थियो ।

बैंकले सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९८.६० प्रतिशतले वृद्धि भई ३७ अर्ब १२ करोड पुगेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा आय १८ अर्ब ७० करोड रहेको थियो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ५०.७० प्रतिशतले वृद्धि भई ७६ अर्ब १२ करोड पुगेको हो ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ७ : ११ बजे

सिंहदरबारकै जातीय सोचले रोकियो थर सूचीकरण : दलित आयोग

काठमाडौं– राष्ट्रिय दलित आयोगले दलित समुदायको थर सूचीकरण लामो समयदेखि

सवारी दुर्घटनामा एक जनाको मृत्यु

गुल्मी– रेसुङ्गा नगरपालिका-८ गजुरास्थित सडकमा रेसुङ्गा पोखरीबाट तम्घासतर्फ आउँदै गरेको लु.१ ज

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– चन्द्रागिरी नगरपालिका(२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५

शिक्षित महिलाले नै शिशुलाई पर्याप्त स्तनपान गराउँदैनन् : अध्ययन प्रतिवेदन

खोटाङ– पछिल्लो समयमा नेपालमा शिक्षित महिलाले नै आफ्ना नवजात शिशुलाई

लुटपाट आरोपमा फिलिपिन्सका अर्का सिनेटर पक्राउ, भ्रष्टाचारविरुद्धको कारबाही तीव्र

मनिला- फिलिपिन्समा भ्रष्टाचारविरुद्धको कारबाही तीव्र भइरहेका बेला अर्का सिनेटर रोडान्टे मार्कोलेटालाई