ईयूद्वारा नेपाललाई कोरोना भाइरसविरुद्धको खोप प्रदान « Khabarhub

ईयूद्वारा नेपाललाई कोरोना भाइरसविरुद्धको खोप प्रदान


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युरोपेली सङ्घ ईयूले नेपाललाई कोरोना भाइरसविरुद्धको करिब १५ लाख मात्रा खोप उपलब्ध गराएको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेललाई नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेप्रेजले उक्त खोप हन्तान्तरण गरिन् ।

संयुक्त राष्ट्र सङ्घको संयोजनमा कोभ्याक्स सुविधामार्फत बुस्टर डोजका लागि उपलब्ध भएको ‘फाइजर वायोटेक वाइभ्यालेन्ट’ खोप हस्तान्तरण भएको हो । अष्ट्रियाबाट चार लाख तीन सय २० मात्रा, चेक रेपब्लिकबाट तीन लाख ६२ हजार आठ सय ८० मात्रा, फ्रान्सबाट एक लाख ९५ हजार आठ सय ४० मात्रा, ग्रिसबाट तीन लाख ४८ हजार चार सय ८० मात्रा र इटालीबाट एक लाख ९५ हजार आठ सय ४० मात्रा खोप राजदूत डेप्रेजले स्वास्थ्य सचिव डा पोखरेललाई हस्तान्तरण गरेकी हुन् ।

स्वास्थ्य सचिव डा पोखरेलले सङ्क्रमण बढिरहेकाले बेला उपलब्ध भएको खोपले कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न सहयोग गर्ने बताए । राजदूत डिप्रेजले खोपले नेपालको कोरोना भाइरस महामारी रोक्न सहयोग पुग्ने बताइन् । उक्त कार्यक्रममा खोप उपलब्ध गराउने देशका महावाणिज्य दूतावासका प्रतिनिधिलगायत युनिसेफ र विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ९ : ५८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै