काठमाडौँमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु « Khabarhub

काठमाडौँमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

काठमाडौँको तार्केश्वर नगरपालिका–६ चिसापानीमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा नुवाकोटको नौकुण्ठ गाउँपालिका–२ घर भएका ३३ वर्षीय पासाङ्ग लोप्चन तामाङको मृत्यु भएको हो ।

टिप्परको ठक्करबाट गम्भीर घाइते भएका तामाङको ग्रिनसिटि अस्पताल सामाखुसीमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो ।

धर्मस्थलीबाट तिनपिप्लेतर्फ जाँदै गरेको रा१ ख २७३४ नम्बरको ट्रिपरले सोही दिशातर्फ जाँदै गरेको ३४ प १००७ नम्बरका मोटरसाइकललाई ठक्कर दिएको थियो ।

टिप्पर चालकलाई प्रहरी वृत बालाजुले नियन्त्रणमा लिएको छ । शवलाई भने पोस्टमार्टमको लागि त्रि।वि शिक्षण अस्पताल महाराजगंज पठाइएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  १० : ४० बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा