प्रदेश सांसदकी छोरालाई कुटपिट गर्ने वकिल दोषी ठहर « Khabarhub

प्रदेश सांसदकी छोरालाई कुटपिट गर्ने वकिल दोषी ठहर


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

उदयपुर – प्रदेश सांसद सम्झना तामाङका ७ बर्षिया छोरालाई कुटपिट गर्ने एकजना अधिवक्ता दोषी ठहर भएका छन् ।

बालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परी धरौटीमा रिहा भएका अधिवक्ता इन्द्र तामाङलाई जिल्ला अदालत उदयपुरले दोषी ठहर गरेको हो ।

अधिवक्ता तामाङले २०७७ असार २२ गते सो बालकलाई मरणासन्न हुनेगरी कुटपिट गरेको आरोपमा पक्राउ परी रिहा भएका थिए । तर, बुधवार जिल्ला अदालत उदयपुरले उनलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको हो ।

न्यायाधीश कृष्णप्रसाद सुवेदीको एकल इजलासले अधिवक्ता तामाङको कसुर ठहर गर्दै सजाय निर्धारणका लागि जेठ १७ गते पुनः पेस गर्न आदेश दिएका छन् । सोही दिन उनको सजाय तोकिनेछ ।

उनी माओवादीको तर्फबाट कोसी प्रदेशका लागि समानुपातिक सांसद हुन् ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  १२ : १० बजे

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ